• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचनमा उमेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुनपर्ने

स्थानीय तह निर्वाचनमा उमेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुनपर्ने


  • 6.9K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    स्थानीय तह निर्वाचनमा उमेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुनपर्ने

    काठमाडाैं,८ चैत्र । तत्काल स्थानीय तहकाे निर्वाचनमा उमेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनु नपर्ने भएकाे छ । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता अघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हाे ।

    images

    जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा  ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।

    सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि भने रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप