• ट्रेण्डिङ्ग :
ज्ञान्सका आगुवाहरुको लासमाथि पनि पक्षपात

ज्ञान्सका आगुवाहरुको लासमाथि पनि पक्षपात


  • 10.6K
    SHARES
    • श्रावण १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 16.4K Views

    ज्ञान्सका आगुवाहरुको लासमाथि पनि पक्षपात

    हुन त ग्रेटर अस्टिन नेपाली समाज टेक्सासको राजधानी शहर वरपर बस्ने नेपालीहरुको साझा संस्था हो । याहॅा वेला वेला यो संस्थाले रंग रमाईलो नाचगान, पिकनिक गर्ने गरेको छ । यो संस्था साझा सामाजिक संस्था भएपनि यसलाई नेतृत्व गर्ने केहि सिमित मानिसहरुले आफ्नो प्राईभेट क्लब जस्तो आफ्नो अनुकुल चलाउने गरेका छन । स्थानिय मानिसका आर्थिक सहयोगबाट यहॅा पशुपतिनाथको मन्दिर वनाईएको छ । मन्दिर वनाउन खर्च गरिएका हिसाब पारदर्शी नगरिएका कारण मन्दिर बनेपछी यसले स्थानीय मानिसमा ठुलो विभाजन सृजना गरेको छ । यो संस्थाको नेतृत्व, यसको कार्य शैली, पारदर्शिता, भेदभाव पूर्ण व्यवहारले गर्दा विगत डेढ़ बर्ष देखि यो संस्था विवाद र असामञ्जस्यमा परेको छ । जीवको शरिर नश्वर छ । क्षणिक छ तर हाम्रो हिन्दु दर्शनले आत्मालाई अजर अमर मानेको छ । आत्मा मर्दैन भन्ने विश्वास बोकेका हामीले यो क्षणभंगुर जीवनमा अहंकार गर्नु धर्मको आचरण विपरित हो । मान्छेले बनाएका र गरेका काम कहिले सम्म रहन्छन थाहा छैन तर हामी मान्छे सधै रहन्नौ यो सत्य अनुभब गर्नु ठुलो कुरा हो । तर धर्मको आचरण सुधार्न भनेर मन्दिर बनाउन नेतृत्व लिएकाहरुले अहिले देखाएको ब्यबहार मानब जीवनकै कलंकको रुपमा यहॅाको समाजमा रहने कुरा निश्चित छ । मन्दिर वने संगै यहॅा खडा गरिएको ब्यबस्थापन र ब्यवस्थापक महोदयहरुको फूर्ति, प्रस्तुति र विभेदकारी कर्म यो संसारै छोडेर जानेले पनि अनुभव गरेका होलान । यहॅा मैले आज भन्नै पर्छ एउटा आत्मको कथा जो यो संसारमा छैन तर उसको आत्म यतै कतै ज्ञान्स र पशुपतिनाथ मन्दिर वरिपरि घुमिरहेको होला । नेपालको दाङ जिल्ला शान्तिनगर गॉउपालिका बडा नम्बर ६ का ३८ बर्षिय पूर्ण बहादुर डॉगी पनि तिन बर्ष अघि परिवार पाल्न अमेरिका पुगेर पैसा कमाउने धोको बोकेर घरबाट दलालको पछि लागे । एक छोरा र एक छोरीका पिता तिन बर्ष लगाएर अफ्रिकी मुलुक घाना सम्म आए ।

    images
    1.jpeg
    ज्ञान्सको हेल्प डेस्क पेजमा गत मार्च ११ गते देखि पेन्डिङ  “गो फण्ड मि” को लिंक   

     

    दैवको खेल घानामा उनले संसार छोडे ।एउटा नेपाली अझै आफ्नै जिल्लावासी, उनको परिवारमा परेको त्यो बज्रपातमा मन नरुने सायद कोहि नेपाली नहोला । अमेरिका आउदा आउदै बाटैमा मृत्यु वरण गरेका डॉगीका परिवारलाई थोरै भएपनि राहत होस भनेर मैले “गो फण्ड मि” मर्फत व्यक्तिगत रुपम मृतक परिवारको सहयोगको लागि आर्थिक सहयोग संकलन गरी रहेको थिए। मैले ज्ञान्सको हेल्प डेस्क पेजमा गत मार्च ११ गते लिंक पोस्ट गरेको थिए जसकारण धेरै जना सम्म सहयोग संकलनको “गो फण्ड मि” को लिंक पुगोस र धेरै भन्दा धेरै जनाले देखुन र अझ बढी सहयोग उठोस भन्ने उदेश्य थियो । तर प्रकाशित भएन, किन भने प्रकाशित हुनलाई पेजको एड्मिनले स्विकृती दिनु पर्छ । मैले ज्ञान्सका पूर्व अध्यक्षहरु भोजराज भट्ट र गेहेन्द्र केसिलाई भेटेरै पनि “गो फण्ड मि” को लिंक प्रकाशित गरिदिनु हुन अनुरोध गरेको थिए । त्यही कुरा मैले ज्ञान्सको कार्यक्रममा रोस्टम बाटै उठाएको थिए, जहाँ आर्का पूर्व अध्यक्ष देबराज न्यौपाने, हालका अबैधानिक अध्यक्ष बिदुर खतिवाडा लागयत सबै थिए । तर यो लेख लेख्दा सम्म ज्ञान्सका अगुवाहरु बाट “गो फण्ड मि” को लिंक पेण्डिङ्गमा राखेर चन्दा दाताहरु माझ पुग्न बाट रोकिएको छ। ज्ञान्समा समाज सेवाको खोल ओढेकाहरुको नियत यस्तै कार्यबाट प्रस्ट हुन्छ। मरेको लाश माथी राजनिती गर्ने, तेरो- मेरो भनेर मान्छेहरुलाई बिभेद गर्ने ब्यक्तिहरु कसरी समाज सेवी हुन सक्छन? हात्तीको देखाउने दात र चपाउने दात फरक भए जस्तै एकातिर आफै जबर्जस्ती समाज सेवीको पगरी लगाउने र अर्को तिर मरेको लाश माथी राजनिती गर्ने । ज्ञान्सको अफिसियल पेजबाट चन्दा दातालाई धम्काउने र पत्रकारहरुलाई अपमान गर्ने पूर्व अध्यक्ष देब राज न्यौपानेलाई, यो मरेको लाश माथी कुनै दया छैन । बरु उनलाई चन्दादातालाई धम्काउनमै आनन्द छ । गलत नगर्, सस्थालाई बिधी बिधान अनुसार चलाउ भन्ने चन्दादाताहरुलाई समाज बिरोधीको बिल्ला भिराउनै ठीक्क छ, कहाँबाट लाश माथी ध्यान जाओस, बिना फाइदाको काममा । अध्यक्ष बिदुर खतिवडाका त के कुरा गरौ । उनी पनि आफुलाई ज्ञान्सको २४ क्यारेटको समाज सेवी भन्न रुचाउ छन ।

     

    Devraj- dhamki.jpeg

    अहिलेका ज्ञान्सका २४ क्यारेटको समाज सेवीहरुको, समाज सेवाको बास्तबिक रुप त देखि हाल्नु भयो, ज्ञान्सको अहिलेको बास्तबिकता यहि हो। “सत्य तितो” भए पनि बर्तमान अध्यक्ष बिदुर खतिवडा भने आफ्नो आङ्गको हात्ती नदेखेर आर्काको आङ्गको जुम्रा खोज्दै हिडि रहेका छन्। त्यसैले त उनि अमेरिक भरिकै पत्रकारहरु माथी हिलो छ्याप्न ब्यस्त छन र उनलाई पनि लाश हेर्ने फुर्सद छैन । तर यिनको मनोमानीले चलाउने गरिएको संस्थामा मैले गरेको अनुरोध कहिकतै सुनुवाहि भएन । मानविय संम्बेदनाहिन यि मानिसहरु आफ्नो अर्काको, तेरो मेरो भनेर पर्गेल्न खुब विज्ञ छन । यिनीहरुको आदेस र इच्छा विना यहा कसैका चोट पिडा, गुनासाको सुनुवाई हुदैन । ज्ञान्सलाई आफ्नो पैतृक संम्पत्ति ठान्नेहरुले यो सामाजिक संस्थाको यस्तो मान मर्दन गरेका छन कि यो संस्था निर्माणमा समग्र अस्टिनवासीको योगदान रहेपनि कसैले अपनत्व महसुस गर्न सकेका छैनन। यति सम्म कि आफ्नै पैसाले मन्दिर बनाएको झैँ गर्ने यिनीहरुले निर्माण सम्पन्न गरेको एक डेढ बर्ष सम्म पनि चन्दा दाताहरुलाई हिसाब सार्वजनिक नगर्दा यो प्रस्ट भएको छ । यिनीहरुले आफैले घोषणा गरेको ट्रष्टीको रकम अहिले सम्म संस्थामा बुझाएका छैनन कारण त्यसको प्रमाण अगिले सम्म देखाईएको पनि छैन। त्यो हिसाब पुष्टि गर्ने कुनै अभिलेख सार्वजनिक छैन। त्यो पैसा कसरी बैंक मार्फत बुझाए कि नगद बुझाए भन्ने कुनै तथ्य आम ट्रस्टी विच राखिएको छैन ।

     

    3.jpeg

    यसरी धर्मको आस्था सग जोडिएको एउटा पवित्र संस्था आज चारैतिरवाट शंकाको घेरामा परेको छ र यस्तै छद्मभेषी समाज सेवीहरुका कारण संस्था बदनाम भएको छ । यो संसार छोडेर गएका पूर्ण बाहादुरका परिवारलाई अस्टिन समाजबाट केहि आर्थिक राहत जुटाउन मैले गरेको अनुरोधको खिल्ली उडाईएपनि आगामि दिनमा संस्था जनमूखि हुदै जाओस भन्ने अपेक्षा छ। राजनितिक आग्रह र पूर्वाग्रह राखेर आफ्ना स्वार्थ पुरा गर्न संस्थालाई प्रयोग गर्ने काम बन्द हुनुपर्छ। समाज सेबा गर्छु भन्दै सामाजिक संस्थाको नेतृत्वमा बसेका मानिसले सर्वसाधारण, चन्दा दाता, र संचारकर्मीहरुलाई चरम दुर्व्यवहार गर्ने, अपशब्द प्रयोग गर्ने, अशिष्ट, अभद्र र दुर्व्यवहार गर्ने हुनले संस्था प्रति नै वितृष्णा फैलाएको छ । यति सम्म कि, संस्थाले कुनै कार्यक्रम गर्दा स्थानीय प्रहरी र अन्य सुरक्षाकर्मीको उपस्थिती स्टेज सम्म पुरयाईएको हुन्छ । विरोध गर्नेलाई मु्द्दा लगाईने धम्की दिईन्छ। तुरुन्त मुद्दा मामिला गर्न सकिने गरि संस्थाले वकीलको ब्यबस्था समेत गरेको बताईएको छ ।हामीले यो संस्था र समाजको संम्बन्ध सुमधुर होस र संस्थाले नयॅा उचाई लिन सकोस भनेर यो लेख तैयार गरेका हौ तर यो लेख प्रकाशित भएपछि उनीहरुले यो संचार माध्यम र म लेखकलाई मुद्दा लगाउन पनि सक्छन । तर समाज प्रतिको हाम्रो दायित्व पुरा गर्दै गर्दा लाग्ने मुद्दा संग हामी डराएका छैनौ ।एउटा सामाजिक परोपकारी संस्थाको साधारण सदस्यबाट सदस्यहरुलाई निस्कासन गरिन्छ । यो नांगो नाच यति प्रवल छकि यसको विरोध गर्न मानिस डराउनु पर्ने अवस्था छ । यो वितण्डा यतिमा रोकिदैन, गत बर्षको अधिवेशनमा आम ट्रस्टी सदस्यले विरोध गर्दा गर्दै आय ब्यय र खर्चको विवरण भनेर उनीहरुले एकलौटी तयार गरेको हिसाब पढेर सुनाईयो, सदस्यहरुको विरोध हुदा हुदै ज़बर्दस्त पास भयो भनेर माईकबाट घोषणा गरियो । त्यसैगरि पशुपतिनाथ मन्दिर संचालक समिति गठन गर्न ट्रस्टी सदस्यलाई छलफल नै गर्न नदिई देबराज न्यौपानेले आफै संरक्षक रहने गरि आफू अनुकूलको एउटा समिति घोषणा गरिदिए । यो अन्याय र अत्याचार यतिमा रोकिन्न, संस्थाको विधान पुनर्लेखन गर्न साधारण सभाले वनाएको समिति बहिष्कार गरेर आफैले बनाएको समितिबाट आफै चुनिएको घोषणा गरेर देवराज न्यौपाने आफै संयोजक वनेको घोषणा गरे । आम मानिसको सुझाव सल्लाहा र धारणा विपरीत आफ्नो मनगढन्ते विधान तयार गरेर करिव ८५ प्रतिशत सदस्यहरुले बहिस्कार गरेको चुनाव गराएको नाटक गरेर विधान पास भएको घोषणा समेत गरे ।

    2.jpeg

    परदेशीएका नेपालीहरु जोडिएर वनेको यो साझा संस्था एक अर्का प्रति सद्भाव, प्रेम र एकता दर्शाउन केन्द्रित हुनुपर्नेमा केहि व्यक्तिका निहित स्वार्थको शिकार हुन पुग्यो । यस्तो देखिन्छ मध्ययुगीन शासकले सासन गरेको छनक दिने शैलीमा चलाईएको ज्ञान्स र पशुपतिनाथ मन्दिर संचालक समितिका काम कारबाहिले प्रजातांत्रिक विधि र तरिकाको खिल्ली उडाउदै छ । साधारण सदस्यहरु त किनाराका देखिजान्ने र सुनिजान्ने साक्षी मात्र भएका छन । अन्यायको यो चरम रुप, विभत्स छ । स्मरण रहोस यो संस्था निर्माण र यसको प्रवर्द्धन गर्न सदस्यहरुबाट दान र चन्दा गरि करिव १३ लाख डलर भन्दा बढि रकम संकलन भएको थियो। आज ति चन्दादाताहरु लुटिएको भन्दै ग्लानी गरेर बस्नु परेको छ किनकी संकलन भएको रकम र खर्चको विवरण माग्दा संस्थाबाट निस्कासन गरिदिने धम्कि दिईन्छ । अझै महत्वपूर्ण कुरा त के भने पहिलो चरणमा दाताहरुबाट संकलन गरिएको पैसाको हरहिसाब माग्दा समेत हिसाब नदिनेले फेरि चन्दा संकलनको जोडदार आह्वान गरिरहेका छन । त्यसैले यो चरम अन्यायको पर्दाफास गर्नु संचार क्षेत्रको ज़िम्मेदारी रहेको छ । यहि बिषयलाई समेटेर तेश्रो ऑखाले सदस्यहरुको आवाज़ समेत समेटेर भिडियो रिपोर्टहरु जन समक्ष ल्याउने प्रयास गरिरहेको छ ।


    डिबि रावत
    लेखकबाट थप