२०२१ को त्यही जनवरीको दोस्रो हप्ता तिरको विहानै मेरो मोवाइलको घन्टी बज्छ, जाडोको दिन चियाको चुस्की लिदै देश विदेशका online पत्रिका पढ्दै थिय। फोन उठाए उहाँ ग्यान्सको निवर्तमान अध्यक्ष भोजराज भट्ट। भट्टजी भन्दै हुनुहुन्थ्यो अमृत दाई मैले तपाईको email मा Document Sign पठाएको छु, sign गरेर पठाइदिनु पर्यो । मैले सबैकाम छोडेर इमेल चेक गरेर तुरुन्त डकुमेण्टमा सहि गरेरगरि पठाईदिए। मेरो खुशीको सिमा थिएन, मेरो आँखा बाट आशु नै आयो, असाध्यै खुशी भए। हाम्रो अस्टिन वासी नेपालीको सपना साकार हुदै थियो, हाम्रो समाजको आफ्नै एउटा सामुदायिक हल हुनेभो । हामीहरू सबैको गर्वको अनुभुति, म कति हर्षित थिए मैले श्रीमती अनि मेरो हुर्कदै गरेका छोराहरुसंग यो कुरा सेअर, गरे उनीहरू पनि हर्षित भए ।
डकुमेण्टमा त्यस समय मैले बाचा गरेको सहयोग र साथै भविष्यमा समाज लाई आफुले सग्दो सहयोगको कबुलवाना थियो । सकेसम्म निरन्तर सहयोग गर्दछ भन्ने वाचा थियो । अर्को दिन खुशीको खबर GANS को नाममा प्रोपर्टी किनियो । प्रोपर्टी किनेको हप्ता, दुई हप्तामा समाजमा गाईगुई हल्ला हुन थाल्यो कि रिएल्टरको कमिशनमा गडबडी भयो रे भनेर। सरुवातमै शंका व्यक्त हुन थालो अनि अलि अलि विवादको विऊ त्यहाँबाट सुरु भो। अनि मन्दिर बनाउने क्रममा बोलपत्र नगराई, GANS का पदाकारिकहरुले आफु मनलाग्दी गरेको समाजमा हल्ला सुरु भो, मन्दीर छिटो र राम्रो गराऊने वाचा गरी काम शुरु गर्न लागेका इन्जिनियर र कन्ट्रक्सन कम्पनि हरु सबैलाई हटाइयो । पार्किङ्ग लटमामा विवाद र हल रंगाउदा बेथिती, अनेक कार्य गर्दा दुई चार जनाको निर्णयले गरियो। सबै ट्रस्टि हरुको विचार अनि सुझावहरु अन्देखा गरीयो भन्ने आवाज समाजमा गुन्जीन थाल्यो ।अहिले आएर GANS का संरक्षक भन्न रुचाउनेहरूले हामि ट्रस्टि ( चन्दा दाता ) हरु लाइनै धम्की दिन्छन अनि अदालत जाने साम, दाम, दण्ड भेदको प्रयोग गर्दै GANS कै ट्रस्टि हरुलाई वदनाम गर्दै छन। चन्दा दाताहरु हलमा जाँदा अनाधिकार प्रवेश गर्यो भनेर धम्की दिन्छन, पुलिस बोलाउछन अनि अदालत जाने धम्की दिदै आएका छन। हाम्रै पैसाले बनायको "हल" हामि चन्दादाता हरु लाई आवश्यक पर्दा हामिह रुलले प्रयोग गर्न नपाउने ? खर्चको हिसाब मागे मुद्दा हाल्ने धम्कि दिने ?हामिले हाम्रो पैसाको हिसाब मग्न नपाउने ? यो कहाको सामाजिक न्याय हो महोदय ?
करिब आठ लाख डलरको लागतमा मन्दिरको संरचना बनाइयो भनिन्छ । सयौ अस्टिनबासी नेपालीहरुको सहयोगको अन्देखा गरियो। अमेरिकी करिब आठ लाख डलरको संरचनालाई देख्दा त्यसको लागतमा प्रश्न उठाउनु गलत हो ? नेतृत्वहरुले आजिवन सदस्य लिएर सहयोग गर्नेहरुलाई जवाफ दिन जरूरी छ कि छैन ? प्रश्नहरू उब्जीएपछि नेतृत्वले जवाफ दिने कि प्रश्नहरूवाट भाग्ने ? अनि समाजमा अनर्गल झुट र भ्रम फैलाउने ? चन्दा दाता हरुको सम्मान गर्नु पर्छ कि पर्दैन ? चन्द दाता हरुको कुरा सुन्नु पर्छकि पर्दैन ?
समाजभित्र छलफल र बहसको ठाऊँ हुनुपर्दछ । बहसविनाको समाजले प्रगति गर्न सक्दैन । सार्वजनिक छलफल र बहस नै कुनैपनि संघ, संस्थाको मूल आधार हो। नेतृत्वले सिमा र अनुशाशन नाघेको छ, सुधार र पुर्नसंम्रचनाको खाँचो छ। समाजको परिवर्तिनको आवाजलाई दबाउन खोज्नु मूर्खता हो भन्ने कुरा नेतृत्य वर्गले बुझ्न जरुरी छ। नेतृत्व वर्गलेके ध्यान दिन जरूरी छ भने, मतभेद आत्मसमिक्षा र अनुशाशनको दोधारमा सार्वजनिक अभिब्यक्ति दिंदा संयम हुन आवस्यकता रहेको तर्क सबै अस्टिनवासी नेपालीहरूले गरेका छन । 15 हजार नेपालीको वासीको भावना र इच्छा विपरीत विधि, विद्यान लाई तोडमोड गरी १२ वर्ष देखि अझैपनि आफू निरन्तर नेतृत्वमा बसि रहने बाटो खुला गर्न कथित चुनावको नाम दिई डेढ, दुई सय जनाको भोटले पारित गरियो भनि भ्रम फैलाइएको छ। विधी र विधान पद्धती लाई मनपरी छेडछाड गर्ने र आफू अनुकुलको विधान पारितको नाटक गर्ने गरेको हामी सबैले महसुस गरेका छौ। यस्ता किसीमका विकृतीको GANS का नेतृत्व वर्गले अस्टिनबासीसंग क्षमा र आत्मा आलोचना गर्ने कि नगर्ने ? साथीहरू GANS र श्री पशुपतिनाथ मन्दिर लाई नयाँ उचाईमा पुर्याउने दायित्व हामी सबैको काँधमा थपिएको छ । हामी सबै अस्टिन बासी मिली यो विवेकहीन, अराजक नेतृत्वलाई उखालेर फाल्ने कि नफाल्ने ? अव हामीले यो नेतृत्वलाई हटाएर फेरी अर्को यात्राको सुरुवात गर्नुपर्दछ ।हामी सबैको सपना, सिंगो नेपाली समुदायको साझा संथालाई ( GANS ) लाई संरक्षण गर्न अहिलेको बिकराल परिस्थिथिमा ट्रस्टि हरुको हस्तक्षे जरूरी छ।
( लेखक ज्ञान्सका गोल्डेन ट्रस्टि हुन, गोल्डेन ट्रस्टि भनेका $१०,००० माथि चन्दा दिने दाताहरु हुन )
अमृत मिश्रा
