• ट्रेण्डिङ्ग :
महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन आवतजावतमा रोक

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन आवतजावतमा रोक


  • 1.4K
    SHARES
    • भाद्र १३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.1K Views

    महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन आवतजावतमा रोक

    कञ्चनपुर, भदौ १३ गते । बनबासा पुल भएर नेपाल–भारत प्रवेश गर्ने ठुला सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्रवार दिउँसो १२ : ४५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ४५ हजार ०२९ क्यूसेक मापन गरिएको छ । 

    महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुल (शारदा ब्यारेज) जीर्ण हुँदा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइने गरिन्छ । सुदूरपश्चिमका पहाडी जिल्ला सहित कञ्चनपुरमा बिहीबारदेखि नियमितरुपमा वर्षा भएकाले शुक्रवार महाकालीमा पानीको बहाव बढेको छ ।

     


    तेस्रो आँखा