• ट्रेण्डिङ्ग :
अस्टिनमा जेन-जीका दिवंगत युवाको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन

अस्टिनमा जेन-जीका दिवंगत युवाको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन


  • 4.7K
    SHARES
    • भाद्र २४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.2K Views

    अस्टिनमा जेन-जीका दिवंगत युवाको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन

    अस्टिन/ टेक्सास

    images

    नेपालमा सरकारी स्तरबाट हुने गरेका भ्रष्टाचार, ज़िम्मेवारी विहिन नेतृत्व र सामाजिक संजालमाथि सरकारले लगाएको प्रतिबंधको विरुद्ध विरोधमा उत्रेका युवाहरुको समुह जेन-जी आन्दोलन माथि भएको दमन र गोली हानी मारिएका युवाहरुको आत्माको चिर शान्तिका र घाईतेहरुको शीघ्र लाभको कामना गर्दै अस्टिनको पशुपतिनाथ मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको छ । नेपालमा १९ जना कलिला युवाहरुको सरकारी दमनमा ज्यान गएपछि संसारभर त्यसको व्यापक विरोध भएको छ । सोमवार साँझ स्वतः स्फूर्त मन्दिर परिसरमा जम्मा भएर नेपाली समुदायले सरकारी दमन र नरसंहारको व्यापक विरोध गरे । मृतक युवाहरुको आत्माको शान्तिका लागि मैन वत्ती वालेर नेपाल सरकार विरुद्ध नारावाजी गरिएको थियो । आफ्नो मातृभूमि संझेर भावविभोर भएका अस्टिनवासीले राष्ट्रीय गीत पनि गाएका थिए ।उनीहरुले नेपाल सरकार विरुद्ध व्यापक नारावाजी गर्दै प्रचण्ड, केपी ओली र शेर बाहादुर देउवाको फोटो बनाएर जलाए ।

    सरकारी दमनको निन्दा गर्दै विज्ञप्ति

     

    ppp.jpeg

    त्यसैगरि यहॉका विभिन्न संस्थाले सरकारी दमनको विरोध गर्दै वक्तव्य जारी गरेका छन। अमेरिकन राप्ती समाजले विज्ञप्ति गर्दै सरकार दमनकों निन्दा गरेको छ । संस्थाका अध्यक्ष डिवी राउतको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ “न्यायका लागि उठेका निर्दोष युवाहरूको ज्यान गएको, सयौं घाइते भएका र अस्पतालमै उपचाररत नागरिकमाथि गोली प्रहार भएको घटनाले सम्पूर्ण प्रवासी नेपाली समुदायलाई स्तब्ध बनाएको छ, यो क्रुर र अमानवीय कदमको अमेरिकन राप्ती समाज घोर निन्दा गर्दछ।” । त्यसैगरि नेपाल अमेरिका पत्रकार संघ नेजाले विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताको समुहले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति निन्दा र भत्र्सना गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । माहासचिव ईश्वरी न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, नेजाले नेपाल पत्रकार माहासंघद्वारा जारी गरिएको विज्ञप्तिमा ऐकवद्दता जनाउदै नेपालमा घाईते भएका पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

     

    1.jpeg

     

    1fab082e-2cf5-4c5d-8b77-ec593e874767.jpeg

     

    2.jpeg

     

    7f35dcef-b7f7-4ce9-abdd-dad571726785.jpeg

     

    3125171b-da12-4262-94ad-ac8343437dd1.jpeg

     

    3.jpeg


    नारायण भण्डारी
    लेखकबाट थप