"अब गाउछ अमेरिका" सांगीतिक टुरमा रहेकी गायिका "कला लम्साल" बिरामी भएर नेपाल फर्किएकी छ। उनि केहि दिन देखि अमेरिकाको सांगीतिक टुरमा थिईन। अमेरिकाको सांगीतिक टुरका आयोजक बिनोद अधिकारिले बिरामी पर्दा बेवास्ता गरेपछि उनि सांगीतिक टुर छोडेर नेपाल फर्किन बाध्य भएकी छन। बिनोद अधिकारि अमेरिकाको लागि नेपाल सरकारका पर्यटन दुत पनि हुन। गायिकाले नेपाल पुगेर दुख:ब्यक्त गर्दै फेसबुकमा लामो स्टाटस लेखेकी छन ।
“म रोइ कराइ गरेँ तर आयोजकले सुनेनन्, बिनोद सरलाइ कल गर्दा पनि मलाई थर्काएर फोन काटियो” चर्चित गायिका कला लम्साल फ्लाइ नेपालद्वारा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिकापुगेकी थिइन्। उनीसँगै बद्री पंगेनि, एलिना चौहान र प्रताप दासजस्ता कलाकार पनि कार्यक्रममा सहभागी थिए। केही प्रस्तुतिहरू गरे पनि कार्यक्रमकै बीचमा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गयो। लम्सालले उपचारका लागि आयोजक विनोद अधिकारीलाई पटक–पटक आग्रह गरिन्। तर, उनको भनाइमा, त्यो आग्रहलाई वास्ता गरिएन, बरु उनलाई नेपाल फर्काउन दबाब दिइयो। फेसबुकमा सार्वजनिक गरेको लामो स्टाटसमार्फत उनले खुलासा गरेकी छन् – “मेरो अवस्था बिग्रिँदै गयो, उठ्नै नसक्ने अवस्थामा पनि मलाई व्हीलचेयरमा राखेर पठाइयो। बिजनेस क्लासमा पठाइदिनुहोस्, बरु पैसा म आफैं थप्छु भने पनि मेरो कुरा सुन्ने कोही भएन। म रोइ कराइ गरेँ तर आयोजकले वास्ता गरेनन्। बिनोद सरलाइ कल गर्दा मेरो कुरा नसुनी उल्टै मलाई थर्काएर फोन काटियो।” उनले थप खुलासा गरिन् – “अमेरिकामा रहेका स्वास्थ्यकर्मी र आफन्तसँग सम्पर्क गर्न रोक लगाइयो। बिरामी छु भनेर नबोल्न, फेसबुकमा केही पनि नहाल्न आदेश दिइयो। पटक–पटक थर्काइयो। यस्तो मानसिक दबाब र शारीरिक पीडाबीच म बाध्य भएर नेपाल फर्किनु पर्यो।” नेपाल फर्किएपछि उनले आफ्ना दर्शक र शुभचिन्तकलाई सन्देश दिँदै भनिन् – “मैले भोगेको पीडा अरुले भोग्न नपरोस्। बाँकी कार्यक्रम सफल होस् भन्ने मेरो मात्र शुभकामना छ।” तर, सामाजिक सञ्जालमा आफूलाई गलत देखाउने खालका स्टाटस आउन थालेपछि सत्य उजागर गर्न बाध्य भएको उनको भनाइ छ। अन्त्यमा उनले आयोजक विनोद अधिकारीलाई प्रत्यक्ष चेतावनी दिँदै भनिन् अब गाउछ अमेरिका कार्यक्रमका पोस्टर र प्रचार सामग्रीबाट मेरो फोटो तुरुन्त हटाइदिनुहोस्।
फ्लाइ नेपाका संस्थापक तथा CEO, नेपाल सरकारका पर्यटन सद्भावना दूत, वाशिङटन डीसीस्थित धन्सारका CEO र गुन्ड्री डट कमका अध्यक्षसमेत रहेका बिनोद अधिकारी अमेरिकामा आयोजित सांगीतिक कार्यक्रममा मुख्य आयोजक बनेका थिए। तर, कार्यक्रममा सहभागी कलाकार र दर्शकहरूको गुनासो अनुसार, अधिकारीले ठाउँ–ठाउँमा दादागिरी देखाउँदै वातावरणलाई असुरक्षित र विषाक्त बनाए। साक्षी र सहभागीहरूको भनाइअनुसार, नेपालबाट ल्याएका कलाकारमाथि जंगे शासनजस्तो व्यवहार र दुर्व्यवहार गर्ने, कार्यक्रम हेर्न आएका शुभचिन्तकमाथि सस्तो दृष्टिकोण देखाउने, मुख्य आयोजक म हु भन्दै ठाउँ–ठाउँमा दादागिरी प्रदर्शन गर्ने गरेको आरोप छ।
विजय श्रेष्ठ
