• ट्रेण्डिङ्ग :
एनआरएनएको महाधिवशेनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

एनआरएनएको महाधिवशेनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने


  • 9.0K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    एनआरएनएको महाधिवशेनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

    काठमाडौं, ११ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् ।

    images

    शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् ।

    सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा। उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष  शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिति भने निश्चित भैसकेको छैन । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ । 

    दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।  संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न  बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ । 

    Final-10th-GC-Program_tentative_pages-to-jpg-0001.jpg

    Final-10th-GC-Program_tentative_pages-to-jpg-0002.jpg

    Final-10th-GC-Program_tentative_pages-to-jpg-0003.jpg


    तेस्रो आँखा