• ट्रेण्डिङ्ग :
अष्टिनमा ग्यान्स दशैं मेला २०२५, दीपाश्री निरौला, जितु नेपाल, दीपकराज गिरीलगायत कलाकारहरूको विशेष प्रस्तुति

अष्टिनमा ग्यान्स दशैं मेला २०२५, दीपाश्री निरौला, जितु नेपाल, दीपकराज गिरीलगायत कलाकारहरूको विशेष प्रस्तुति


  • 9.1K
    SHARES
    • आश्विन १२, २०८२ आइतबार
    • ११ महिना अघि
    • 13.9K Views

    अष्टिनमा ग्यान्स दशैं मेला २०२५, दीपाश्री निरौला, जितु नेपाल, दीपकराज गिरीलगायत कलाकारहरूको विशेष प्रस्तुति

      अष्टिन टेक्सास 

    images

    अमेरिका अमेरिकाको टेक्सास राज्यको अष्टिनमा ग्यान्स दशैं तिहार मेला २०२५ भव्य रूपमा आयोजना हुने भएको छ। यो कार्यक्रम आगामी सेप्टेम्बर २८ आइतबार GANS Community Center, 1251 CO RD 138, Hutto TX 78634 मा सञ्चालन हुने छ। मेला दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ। कार्यक्रममा नेपाली कला, संस्कृति, भेषभूषा, खानपान, प्रदर्शनी, खेलकुद तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। नेपालबाट आगमन गर्ने चर्चित कलाकारहरूमा दीपाश्री निरौला, जितु नेपाल, दीपकराज गिरी, धिरेन्द्र सेवा, मीना पोखरेल र असिफ शाह रहेका छन्। उनीहरूले हास्य–व्यंग्य, गीत–संगीत र नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। साथै, अष्टिन नगरपालिकाका मेयर टोलीलाई विशेष सम्मान अर्पण गरिने र विशिष्ट अतिथिहरूको उपस्थिति रहने आयोजकहरूले बताएका छन्। प्रवेश शुल्क सर्वसाधारणका लागि २५ डलर तोकिएको छ। १० वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि भने प्रवेश निःशुल्क हुनेछ। आयोजक समितिले सम्पूर्ण नेपाली समुदायलाई मेलामा उपस्थित भई आफ्नै संस्कृति र परम्पराको स्वाद लिन, रमाइलो गर्न तथा आपसी सम्बन्ध अझ प्रगाढ बनाउन आग्रह गरेको छ। यो वर्षको दशैं मेला Greater Austin Nepali Society (GANS) र Atreya Production House को संयुक्त प्रतिनिधित्वमा आयोजना हुने भएको हो।


    सामना देवकोटा
    लेखकबाट थप