• ट्रेण्डिङ्ग :
पुस्तक समीक्षा
समय संवेग : चेतनाले बलेको दीयो

समय संवेग : चेतनाले बलेको दीयो


  • 17.3K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 26.7K Views

    समय संवेग : चेतनाले बलेको दीयो

    प्रस्तुत समवेग संग्रहको जिल्द बडा कौशलयुक्त कलाकारीताले डाँफेझै इन्द्रेणीका रंगीविरंगी व्योममा पहेंला अक्षर समय सेता अक्षर संवेग तल पुछारमा पहेंलै अक्षरमा डा. अञ्जना वस्ती भट्टराई लेखिएको, धर्ती बीचबाट (मनमा स्पन्दन) वृक्षका फेददेखिन सिमलका भुवाझै हण्ल्का पारामा भावनाका उच्च उडानमा छलाङ मार्दै चराहरु स्वच्छन्दतासँग उमंग भर्दै संवेगले नवमा विचरण गरेका भाव स्वत अनुभव गर्न सकिन्छ र पुस्तकको जिल्दको पछाडिपट्टी आकाशे रंगभित्रै सर्जकको व्यक्तित्वशाली पासपोर्ट साइजको तस्वीर, नाम अञ्जना वस्ती भट्टराई, जन्म २०१६,०२,२६, मातापिताः सरस्वती वस्ती/कृष्णप्रसाद वस्ती, शिक्षाः एम.ए, एम.एड् (त्रिभुवन विश्व विद्यालय, नेपाल), एमफिल, पि.एचडि. (केन्द्रीय विश्व विद्यालय, हैदराबाद, भारत) सम्प्रतिः सेवा निवृत्त प्राध्यापक(अंग्रेजी शिक्षा संकाय, त्रिवि, कीतिपुर, काठमाण्डौ, नेपाल) प्रकाशित कृतिहरुः करेन्ट टेन्डस इन टिचिङ ग्रामर एण्ड भोक्याबुलरी २०५७, ए पेडागोजिक ग्रामर अफ इङ्लिस एण्ड नेपाली भर्व फ्रेजेज २०५८, ए व्रिफ सर्भे अफ स्कूल लेभल इङ्लिस ल्याङ्गविज टिचिङ इन नेपाल २०५८, ए सर्ट रिभ्यू अफ ग्रामर इएफएल/इएसएल टिचिङ २०६९, भोक्याबुलरी एण्ड टिचिङ इङेलिस याज अ फरेन ल्याङ्गुविज २०७०, जीवनका घुम्ती र देउरालीहरु (संस्मरणात्मक यात्रा निवन्ध २०७५) , स्मृतिलोकको यात्रा (संस्मरणात्मक निवन्ध) २०७६, र भर्खरै २०७८ फाल्गुण १४ गतेका दिन दमक प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको भव्य र सभ्य पुरस्कार वितरण कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौका उप–कुलपति प्राज्ञ संस्कृतिविद् डा. जगमान गुरुङ ज्यूका बाहुलीबाट लोकार्पण कृति “समय संवेग” ओरिएन्टल पब्लिकेशन काठमान्डौले प्रकाशन गरी मूल्य रु.२५० तोकिएको छ । 

    images

    प्रस्तुत निवन्ध संग्रहको भौतिक पक्षमा जिल्द बलियो, दह्रो, पुस्तकको आकार चिटिक्कको र आकर्षक छ । पुस्तकका पानाका कागज स्तरीय राम्रा र अक्षर टाइप पनि पढ्नका लागि सहज छन् । शैक्षिक पक्षमा पुस्तक रोचक परिस्कृत र पठनीय छ । विदुषी प्राज्ञ डा. अञ्जना वस्ती भट्टराई ज्यूले अंग्रेजी भाषा विज्ञका हैसिमतले त्रिभुवन विश्व विद्यालय, किर्तिपुर काठमाण्डौमा प्राध्यपनका साथै शिक्षा संकाय अंग्रेजी विभाग प्रमुख जस्तो गरिमामय जिम्मेवारी बहन गरी लामो समयसम्म सेवापुर्याई भर्खरैमात्र सेवा निवृत हुनभएको हो । सेवामा कार्यरत हुँदैताक उहाँका पाँचथान शैक्षिक कृति र दुईवटा (संस्मरणात्मक यात्रा निवन्ध २०७५), पृथ्वीलोकको यात्रा (संस्मरणात्मक निवन्ध २०७६) र प्रस्तुत कृति समय संवेग २०७८  हालसालै लोकापर्ण भई पाठक सामु पुगिसकेको छ । समय अन्तरालमा “तिमी यस नेपालमा खेर गइरहेका नदी सरह हौ ।” डा. गोविन्दराज भट्टराई ज्यूको गुनासोल प्रेरित भई प्रेरक प्रभावले क्रमशः सर्जकका कृतिहरुले नेपाली भाषा साहित्यको ढिकुटी भर्ने क्रम शुरु भैसकेको अनुभूति हुन्छ । 

    समय संवेग बहुआयामिक निवन्ध संग्रह मानव जीवन जगतका भावना, विचार, प्रतिष्पर्धा, ब्यङ्ग्य र चुनौतीको परिवेश र विचारलाई साहसका साथ निवन्धका माध्यमबाट युगान्तकारी परिवर्तनका लागि तयारगरि गरिएको उदाहरणीय कर्मको बिम्ब हो । श्रष्टाले मिहिनसँग संगालेका र खारिएका आफ्ना भावना भाव, विचारलाई निवन्धात्मक शैलीमा प्रतिबिम्बित गरी विभेद विरुद्धको जागरण उन्नयक गर्न नव सन्तति एवं पीडीलाई सचेत रहन संकेत गर्दै उत्कृष्ट सभ्य मानव समाजको परिकल्पना झल्काइएको भान हुन्छ । प्रशंगवस पत्निका आफ्नै रुचि हुँदा हुन भन्ने सरोकार पेशागत उन्नति, विभेद, सम्बन्ध बिच्छेद , पुरुष दम्ब, कुकृत्य, निहत्था नारी, नारी शिक्षा, उन्नति , अस्मिता, आस्था आदि इत्यादिका पृष्ठभूमिको शेरोफेरो भित्रका रुढि ग्रस्त परम्पराले कथोपकथन भित्रका असरल्ल सँगका रीतिरिवाजसँगको नेपाली समाजको मूल्य, मान्यता तादि देखिका परिलक्षित आडम्बर घर, गृहस्थी, लालाबाला ,सुसेधन्दा, मेलापात , धर्मकर्म,पूजापाठ जस्ता रीतिरीवाजका आवरण भित्र रहेका विचलन , विसंगति, विकृति, आत्मिक असन्तुष्टीले सिर्जित निवन्ध संग्रहको पूर्णरुप एक्कसाइसवटा निवन्धका गुम्फन समय संवेग हो । 

    समीक्षा लेखनको शुरुको शुरु

    तपाईँ पनि लेख्नुहुन्छ ? तपाईँ लेख्नुहुन्न? परम्पराबादी सोचले ग्रस्त शिक्षित वर्गको प्रश्नको प्रश्न सुन्दा सर्जकले मानव माथिको विज्ञान, मनविज्ञान र विज्ञानिका सोच र मनस्थिति अध्ययन गर्न र जान्न बुझ्न जे भनेपनि उहाँको अन्तरहृदयले अराय, खटाएकाले पस्फुटित भावलाई जतनले संगालि पितृसतात्मक सोच र व्यवहारको उजागर गरेर सामाजिक चेतना र दृष्टि रुपान्तरणको कामना गरिएको अनुभूति हुन्छ । पतिका कार्यक्षेत्रमा चाँहि पत्नीको सहभागिता , पत्नीका कार्यक्षेत्रमा पतिको सहभागिता चाँहि खोई ? युगौदेखि स्थापित यस्ता  विभेदकारी मान्यताको चित्रण निवन्ध संग्रहका प्रायस शीर्षककै मर्म, विशेषता चुरो ठहरिन्छ । समष्टिको सार पनि यही हो । 

    उपेक्षा महिलाको

    निवन्धकारको परिपक्व बुझाई र दृष्टिबाट सिर्जित विचारले घर भित्रैबाट लैङ्गिक विभेदले पनप्ने अवसर लिन्छ भन्ने आधारबाट एउटी दुई सन्तानकी आमाले गौरवसाथ भनेकी प्रशंगलाई लिन उचित ठानी “पानी भर्ने, बोक्ने काम मैलै गर्ने हो?, भन्छ हाम्रो छोरो त ।” यसरी पुष्टि गर्न सफल्तापूर्वक कलम चलाउनुभएकोमा धन्य । यसरी घरभित्रैबाट हुर्किएको विभेद नै महिलाका अपेक्षाका बाधक हो । तर यो प्रशंगले आमाका भावलाई तिरिखिरी भने पारेकै छ । पुरुषबादी सत्ताले हर्काएको विवेकशून्यताको पराकाष्ट हो, यो । कसैलाई चित्त बुझ्ला नबुझ्ला तर तापनि यर्थाथ त यहीनै हो । कतिकति दुःखले माया गरी हुर्काएकी बाआमाकी प्यारी छोरी विवाह पश्चात पराई घरकी गृहणी भएपछिका उनका जिम्मेबारीका कार्यसूची नित्यका दैनिकी गति मध्ये पनि अर्को विकल्प छैन । तर निवन्धले औला ठड्याईसकेको परिपेक्षमा पारिवारिक वा सामाजिक, संघ, संस्था आदि जहाँसुकै विभेदरहित सह–अस्तित्व र भूमिकामा सहकार्य नै महिलाको मूल अपेक्षा हो । 

    पुरुषत्व र पशुत्व

    यौनिक सन्दर्भका जीवन जगतका प्रकृति प्रदत एवं सिर्जित पशुप्राणीका वंश विस्तारको क्रमसँगै क्रतुहरुको आगमनमा रहि सहवास समयको टुङ्गो हुने गर्दछ । न कि विरालो, बाघ र मानव यी प्राणीमा ऋतु विशेषको सिमाले छेक्दैन र बिरालाले र बाघले आफ्ना न्याउँरा र डमरु डाँगो बच्चालाई आफ्ना आहार बनाई तृप्त हुने पशुभन्दा पनि निकृष्ट यौनपिपाषु, बलत्कारी पुरुषको ुपुरुस्वत्व नै हरण गर्ने या लिङ्गनै परिवर्तन गर्ने सम्मको माग राखी पुरुष प्रबृत्ति लक्षित व्यवहारको भत्सना गरिएको छ । यसले मानवीय विवेक र संवेदनशीलताको सिमालाई झकझकाई रहन्छ । किनकी यस निवन्ध शीर्षकमा ८० वर्षको पुरुषले ५ वर्षकी बालिकामाथि गरेको दुष्कर्मको पराकाष्टलाई पुरुस्वत्व हरण भन्दा अर्काे दण्ड के होला र ? प्रश्नले सभ्य समाजमा भुइँचालो ल्याएको अनुभूति हुन्छ । 

    सन्तान विभेदक सोच

    ७० वर्ष काटिसकेकी बूढी आमाले आफ्नो छोराको छोरी जन्मेको प्रसंगमा हँसिलो मुहार लगाउँदै जे भए पनि सन्तानको मुख देख्नु हो । देखिहाले, उदार हृदयकी आमा र गोविन्द सरको सम्पत्ति खाने तिमीहरु भयौ । भाइ चाहिन्छ भनेनौ । भन्ने ८४ का केदारनाथको पुरुषबादी सोच साथै फलामको शत्रु फलाम जस्तै ६० कटेकी शिक्षित महिलाको सोच सबैका छोरा जन्मिए, जन्मंदैछन् । सन्तान विभेदक सोचले छोरो सन्तानको लालसालाई कम गर्दा रहेन छ । र सप्तरीको सत्ररी आमा त अपबाद हुन, समग्रमा छोराछोरी बीचको विभेदको मानसिकतामा रुझेका लागिको शिक्षित ? को साक्षर र निरक्षर भनी खोटलाउन, भन्दा सन्तान विभेदकको जरो उखेली निमिट्यान्न पारेर निरुपण गर्न जरुरी छ । अन्यथा सभ्य समाजको परिकल्पना बेकार छ । यसर्थ हाम्रा  सामाजिक एवं सांस्कृतिक जीवनका यथार्थका रुपमा आएका उत्तारचढाउ भित्रका विविधता बुझ्न आवश्यक छ  भन्ने संकेत गरिएको अवश्य नै हो । र, आजको आमा एवं पीडीलाई चेतना मूलक पनि छ । 

    नारीको शिक्षा चेतना

    अनिता भित्रको प्रस्फठित चेतना गौरादेवी वस्ती, रुकिमिणी भण्डारी पूण्यवति वस्तीका उदाहरणले पुरुषको अनुपस्थितिमा पनि परिवारको मेरुदण्डका रुपमारहि सन्तानका शिक्षादीक्षाका लागि खेलेको अग्रगामी भूमिकाले संकेत गरे अनुसार महिलामा शिक्षा चेतना अवश्य नै थियो । र, आधारशीला बनाएका थिए । शिक्षामा लगाव थियो नै , तर महिला पुरुषसत्तामा दविनाले , अवसरको अभावले र सुसेधन्दाले नछाडे तापनि ती आमा, हजुरआमाका शिक्षा चेतना कति माथि रहछ । यो निवन्धको उदाहरणीय पाटो हो । वर्तमान परिपेक्ष्यका शिक्षित समुदायलाई चेतनाभया  ।

    अवसर नै उन्नतिको ढोका

    यो परम्पराबादी रुढिग्रस्त सोचका मान्छेहरु अर्कालाई पीडा दिन कति हिच्किचाउनन् भनेको पड्के, परपीडक आफ्नो आङ्गको भैँसी नदेख्ने अर्काको आङ्को जुम्रो देख्ने भनेझै आफ्नो छोराले दिएको पीडा बिर्सेर अर्काका छोराका विषयमा चर्चा गर्ने सरम हारा । सर्जकले आफ्ना छोरीहरुको रुचि मुताविकको अवसर पाएर पनि उनीहरु राती घर फर्केर नआउँदा सम्मको पिताको पीडा आफनै पीडालाई दर्शाउनु भएको  छ । प्रतिनिधि पात्र जस्तै छोरीको सन्दर्भमा परिवारको सहयोग र प्रेरणाबाट विश्वमै चर्चित महिलाहरुको संख्या कम छैन । 

    छोरा या छोरी आफना सन्तानले गरेको प्रगति देखेर जोकोही बाबुआमा किन खुशी हुँदैनन् । सर्जकका छोरीहरुको प्रगति उदाहरणीय छ । उहाँ मातापिता दुबैको । छोरीहरु सक्षम र सुरक्षित हुँदै गएको परिपेक्ष्यमा दम्पत्तिहरु पनि सक्षम हुने समयले ढोका खोल्यो । छोरी भएपनि एक छोरा भएपनि एक । विभेदको ठोका बन्द । सह अस्तित्व कायम गरी उपलब्धिमूलक कार्यमा सन्तानहरुलाई अवसर दिलाऔँ , सन्तानको बीच विभेद नगरौँ भन्ने निवन्ध सन्देशमूलक छ । 

    कपाल सेतो मेरो, मन तरङ्गित अरुको 

    व्यक्ति विशेषका रुची वा चाहाना एकै किसिमका हुन्नन् । वैयक्तिक वा व्यक्तिगत इच्छा एवं स्वतन्त्रता हो । सबैको चहाना मिल्नैपर्छ भन्ने कदापि होइन । शारीरिक आकर्षणका लागि, सौन्दर्यका लागि कृतिमताले लिएको स्थान र सर्जकको सेतो कपालले दश दुनियाको टाउको दुःखाई किन? नारी जातिलाई सौन्दर्य र सिंगारका दृष्टिकोणले सुन्दरी देख्ने वा चाहने पुरुषभन्दा बढी शिक्षित महिलाले बढी चासो देखाउनु कति उचित? विज्ञापनले नारीलाई सौन्दर्य श्रोत मान्ने आधुनिक संस्कार वा चलन प्रति विमति राख्दै नारी शक्ति र व्यक्तित्वमा बौद्धिकताको सिर्जना प्रति पनि फर्कन र सोच्न, अर्काको टीकाटिप्पणी गर्ने बानी बसेकाले बानी परेकाहरुलाई सोच्न बाध्य गराउन निवन्ध सफल देखिन्छ । 

    नाममा के छ 

    देवी देवता , चर्चित ठूला नेता, कलाकार, विद्वान आदिका नाम आफ्ना बच्चा बच्चिको नामाकरण गरी राख्ने चलनलाई मान्छेको नाम रखाईले होइन कर्म र सुकर्मले नाम आफै चम्किन्छ र सबैले चिन्छन । कर्मले नाम चल्दछ भन्ने आशय निवन्धले बुनेको अनुभव हुन्छ  । अर्काको नाम अनुकरण गर्नुुभन्दा आफ्ना कर्मलाई सुधार्नु ठूलो कर्म र धर्म पनि हो । नाममा गहिरो मनोविज्ञान लुकेको छ । नाम भन्दा पनि कर्म ठूलो हो , कर्मलेनै नाम कमाइन्छ भन्ने यही यथार्थलाई निवन्धकारले महत्व दिनुभएको छ । 

    दपर्ण

    यस शीर्षकमा निवन्धकारले देशको नेतृत्व तहमा रहेकाहरुको दुष्प्रवृति प्रतिको प्रहार जीवनभर कुकर्म गरिरहने , छलकपट र जालझेल अनि बेइमानीको कमाईबाट प्राप्त पद प्रतिष्ठाका लागि मरिहत्ते गर्ने, आफ्नो स्वार्थ सिद्धिका लागि जे पनि गर्ने, आफ्ना स्वार्थका लागि अरुलाई पर्ने पीर मर्का र पीडाको मतलब नगर्ने अभ्यासमा पोख्त भएका हरुकै बाहुल्य भएको राजनीतिको बठ्याँइले देशको दोहन गर्दै गरेको स्थितिलाई नेतृत्व तहमा पुगेकाहरुको दुष्प्रवृतिमाथि कडा प्रतिकार सहितको प्रहार गर्न भ्याउनुभएको छ । आदर्श , नेतृत्व अनि विश्वासको खाँचोलाई औलाइएको छ । 

    प्रातः कालीन नित्यकर्म र हाम्रो अवचेतन

    आमाकी भदैनीले “जहाँ जे उपलब्ध हुन्छ त्यसैलाई साझि मान्नुपर्छ ,  म त टंकीको पानीले नित्य अस्नान गर्छु  । ” पूजाको थालि लिई मन्दिर जानेक्रम प्र्रातः कालको हिडाई स्वास्थ्य वर्दक , श्रद्धा, विश्वास, अन्धविश्वास, अपरिहार्य नित्यकर्मसँगको बैज्ञानिक एवं मनोविज्ञानका मान्यता र संस्कारहरुको परिमार्र्जनका पाटालाई सतही रुपले छोइएका छन् । 

    पुष्प र मानव सभ्यता

    पुष्प ईश्वरीय अथार्त प्रकृतिको अनुपम सिर्जना हुनाले ऋतुकाल पिच्छे पूmल्ने पूmलहरुका विविध आकार प्रकार , रंगविरंगीका रुप, वास्ना, सौन्दर्य, चाडपर्व , पूजाआजा, उपहार जस्ता अनेकन कर्म या काममा पुष्पको मानव सभ्यतामा अन्योन्याश्रित साइनो जोडिन पुगेको, आस्था र विश्वासले जोडिएको एवं आधुनिक परिवेशमा झन बढीका महत्वलाई पूजा , विवाह, प्रणय दिवस सम्मको महत्व बोकेको परिवेशलाई झल्काई पूmलको महत्व एवं मानव सभ्यता भित्रका शोभा र सौन्दर्यलाई मिहिनेतले पुष्पित बाटिकाको बिम्ब उतारिएको छ ।

    बैशाखका केही पर्वहरु

    हामी नेपाली सम्बृद्ध संस्कृतिका धनी भएता पनि समयले ल्याएको परिवर्तनसँगै समाहित भई संस्कृतिको जर्गेना गर्ने मान्यतालाई नववर्ष, न्यू इयर बैशाखी पूर्णिमा , मातातीर्थ औसी (आमाको मुख हेर्ने दिन जस्ता) साँस्कृतिक पर्व आदिलाई निरन्तरता दिँदा र विकृति विसंगति नासोका रुपमा देखिएको हुँदा आफ्ना परम्परा र संस्कृतिको उन्नयनका साथै परसंस्कृतिको अवलम्बनले पनि सहिष्णुताको भावना जागृत गराउँदछ भनी सुझाउनुभएको छ । यो समय सान्दभिक लाग्दछ ।

     वास्नाको मोल

    निवन्धभित्रको नियात्रामा नियाल्नु भएका नानाथरिका अनुभव श्रीलंकाली संस्कृति, हैदराबादको परिवेश, अनेक वास्नामय मसला, प्रयोग र महत्व , रुचि वेरुचि साथै प्राकृतिक र कृतिमताको पारख गरिएको निवन्ध विचार प्रवाह छ । र, कथाको प्रशंगले कत्रो आस्थाको धरोहर खडा गरेको छ । त्यो टाँडाको बत्ति हेर्दै पोखरीमा रातभर बसेझै अनि छिमेकीका भान्साबाट आएको वास्नाले रुचेको भोजन, वास्नाको मोल , न्यायाधीसको न्याय वा । कति यथार्थपरक न्याय । न्यायाधीस हुन त त्यस्ता । देशका न्यायाधीस एवं न्याय प्रणाली प्रतिको मन्द आक्रोस पो हो क्यारे । जे भए पनि कथाका न्यायाधीस जस्तै सबै हुनुपर्ने हो । समय सापेक्ष्य एवं सान्दर्भिक छ । धन्य ।

    नामाकरण र अर्थ निर्माण

    यस निवन्धमा सर्जकले बूढी कमिलो , चर्चरे, रोटे कमिलोदेखि घ्यू कमिला खाए आँखा तेजिला हुने सम्मका कमिलासँगै यस्का प्रजाति साना राता कमिलाले चिल्दा पीडा हुने हुँदा दश वर्षे द्वन्द्व कालको पीडालाई सम्झि उपमा स्वरुप माओबादी कमिला र प्रयोग वेगरका तीब्र रुपमा फैलिने झारले पाएको उपमा , नाम परिवर्तन दुष्प्रवृतिको उपज हो । भाषाका शब्द निर्माण र प्रयोगको नमूना प्रशंगले निवन्ध रोचक र घोचक देखिन्छ । 

    शब्द निर्माण र अर्थ परिवर्तन्र

    समयका साथसाथै समाज परिवर्तन हुनेक्रममा कुनैपनि भाषामा शब्दनिमार्ण र प्रयोग गरिएका पाइन्छन । स्त्री लिङ्गी तथा पुलिङ्गी केही शब्दहरु, शब्द व्युत्पत्तिमा देखिएका (लैिङ्गक विभेदको चर्चा भाषिक चिन्तनको रुपमा महत्वपूर्ण ठानिन्छ ।  कतिपय शब्दको नेपाली भाषामा उपयुक्त शब्द नभइदिदा अंग्रेजी भाषाका शब्दहरु प्रयोग गर्ने चलन छ, आश्चर्य ती शब्दको प्रयोग भएका पेसामा डटेका महिलामा भने नेपालीमा स्त्रीलिङ्गी शब्द व्युत्पन्न गराइनु )

    थेगोअर्थ न बर्थ गोविन्द गाँइ भनेझै शब्दको अर्थ र प्रयोग गर्न जानिएन भने दुःख पाइने । भाषाका कमशल शब्दलाई थेगोको रुपमा प्रयोग गर्नु पनि असभ्य हुनु हो । हाँस्न कलाकारहरुले प्रयोग गर्ने थेगो र वास्तविक जीवनमा प्रयोग गरिने थेगो फरक हुन्छ ।  विविध प्रसंगले  थेगो निवन्ध रोचक शैलिको चेतावनीमूलक लाग्दछ । ए रातै, चाइने, चैँ, क्यारे, माने, का वेइमान, राता मकै, ओ सिट, स्वयेर जस्ता थेगोका साथै नेपालीमा अत्यधिक प्रयोग हुने शब्द रिसको झोकमा र अलि नरम शब्द प्रयोग गरिन्छन् ती त्यति शिष्ट मानिदैनन् । 

    कोरोनाको लकडाउनमा सिर्जना

    कोरोना प्रकोपको सन्दर्भ र सम्बन्धमा पनि मानिसहरु सकारात्मक्ता खोज्ने पूर्वीय संस्कृतिको चेतना लकडाउन(बन्दाबन्दी)मा खुलेका पुरुष, वेमौसमी बाजाको बैङ्ग्यात्मक लेख , सिर्जना लेखन, सकारात्मक सोचले प्रतिकूल परिस्थिमा पनि सिर्जनाका पूmल फुलाउन सकिदो रहेछ भन्ने निवन्धबाट अनुभव गर्न सकिन्छ । 

    कोरोना संक्रमण र यसको व्यवस्थापन

     हल्लै हल्लाले गर्दा खाद्यय सामग्रीहरु नजाँनिदो रुपमा अप्राप्य हुने र महंगिन थालेका, विपतमा कालोबजारी, प्रतिष्ठा प्रदर्शन, पीडीतले राहत नपाउनु, श्रमीकहरु राजधानीबाट पैदल पलायन, नेपालको भ्रष्टाचार, कमिसनको खेल, निवन्ध पढ्दा केही आँखा रसाउने कुनै मन आन्दोलित हुने भाव निवन्धले पैदा गराउँदछ । 

    शक्तिको उन्मात

    महाव्यादीको महामारीमा पनि शक्तिले उन्मात भरिनु, मानवीय स्वभावले देशकै दुर्भाग्य, शासन शुव्यवस्थाका लागि धेरै द्वन्द्व र परिवर्तन भएर पनि सत्ता सम्हाल्ने व्यक्ति जनताप्रति निष्ठावान नहुनाले जस्ता राजनैतिक विकृति, विसंगतिको सटिक चित्रण गरिएको निवन्ध नेतागणले पढे राम्रो , बुद्धिको बिर्को खुल्थ्यो कि ?

    बीरेन्द्र शाहको नेपाल भ्रमण 

    बीरेन्द्र शाहको एकालाप राजतन्त्रको अन्त्य भएर जनताका छोराछोरीले शासन गर्दा मौलाएका विकृति, राजनैतिक बेथिति, सत्ता लोलुप्ता जस्ता बिम्बलाई सत्तामा पुगेका स्वेच्छाचारी शासकका व्यवहारले गणतन्त्र स्थापना पछि आम नेपाली जनताले खेपेका सास्तीका वर्णनले जो कोहीको मन चसक्क छुन्छ नै । निवन्धले राष्ट्रिय भावना जगाउन प्रेरक भूमिका खेलेकोे अनुभव गरिन्छ । 

    पृथ्ककरणका स्वरुप

    मैनावारी, नछुने, छुइभएको, पर सरेको, ऋषि पञ्चमी ब्रत र अहिलेको कोरोना संक्रमणको पृथाकीकरण र आइसोलेसनमा रहँदाका अनुभव, स्वास्थसँगको तुलना , विराटनगरकी विन्दु दिदीको आँट हर्कत की साहष ? मनोवैज्ञानिक शैलीमा ब्रतदेखि स्वर्ग नर्क आदिको उत्वेगले निवन्धकारलाई त्यो पाटोबाट पृथकीकरण अवस्थामा छाउपडीको कुरीतिको रुढिवादलाई टेकी छोरीको स्वास्थ जीवन, नारीशिक्षा, चेतनाको जमर्को, मनोवैज्ञानिक आधारले उभ्याइदिएको अनुभूति हुन्छ । 

    प्रस्तुत निवन्ध संग्रहको सन्दर्भमा  सर्जकले विविध  फाँट वा पाटाका  खारिएको विचार भावलाई    परिपक्वताका साथ लेखन सील्पकला झांगिई हुर्किएकाले कृति अब्बल दर्जाको भाषा  र शैलीले परिष्कृत हुनाले कृति पठनीय छ र कृतिको सन्दर्भमा खासमा सुललित भावः गहन विचार शीर्षक राखी डा. अञ्जना वस्ती भट्टराईज्यूका एकायसवटै निवन्धका पाण्डुलिपि आध्योपान्त अध्ययन गरी सर्वपक्षिय आधार मर्म , स्पर्श, विचार, संवेदन, वैशिष्टय आदिको त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरकी सह– प्राध्यापक (नेपाली केन्द्रीय विभाग)डा. साधना प्रतिक्षा ज्यूका खारिएका खुट्याइले सार लेख्नुभएको भूमिकाले पाठकको ध्यानाकर्षण गर्ने ठहर गर्दै निवन्ध संग्रहको ओजन र गरिमालाई पुस्तक छापिन भन्दा अगाडि राँटारुँटि मेट्ने क्रममा शशी भट्टराई श्रेष्ठले गहिराई सम्म्ौ छलाङ मारी नेपाली सामाज संस्कार(रीत) संस्कृतिसँग सनातनदेखि गढिएर आएका लैङगिक विभेद विसंगतिहरुको टिप्पणी गर्नाले पनि पुस्तकको तह खोतलिएकाले पुस्तकतिर पाठकको ध्यान पुग्छ नै ।

    यसरी पुस्तकको भूमिका, टिप्पणीसँगै श्रष्टा स्वयमको मन्थनले कृतिको परिचायकक्तामा महत्व दर्शाइएको हुँदा प्रस्तुत बहुआयामिक निवन्ध संग्रहको शीर्षकगत रुपमा समीक्षा लेख्ने जमर्को गरेँ । 
    लैङ्गिक विभेदकै कारणले होला महिला लेखनमा दैनन्दिनका गन्थन र , महिलाले भोगेका उत्पिडन , पीडा सन्त्रास विश्मय , हिँसा , अत्याचार, व्यभिचार सहेर बाध्य विवस हुने नारीमाथि सृष्टिकर्ता बर्माले समेत  देखिनै  यौनपिपासा एवं  सभ्य र संस्कारी विवेकशील प्राणी मध्येको सर्वश्रेष्ठ हे मानव, दानव प्रकृति किन? पिपाषुहरुका शिकार भई किन अपमानित हँ ? 

    देवी, लक्ष्मी र सरस्वतीका रुपमा पूजित नारी जागरणका लागि नैसर्गिक चेतनाको दीयो सल्काई २१औँ सताब्दीको अत्याधुनिक युगमा लैङ्गिक विभेदले उब्जाएका उत्पीडन, पीडा , हिँसा, अपहेलना, तिरस्कार, बलत्कार जस्ता कुकृत्यका कर्तुत जस्ता जघन्य अपराधको बातावरण उन्मूलन हुन जरुरी छ । छिमेकी देश भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यूले भर्खरै बेटी बचाओ  ÷बेटी पढाओ भन्ने नारा ल्याएका छन ।

    नेपालीलाइ पनि बोध भया  

    “यत्र नायस्तु पूज्यन्ते रमन्ते तत्रदेवता” अर्थात जहाँ नारी पुुजिन्छीन , त्यहाँ देवता रम्दछन । मिथ्या किन भयो? जस्ता विभेद पक्षको उजागर गर्दै १०४ वर्षे निरङकुस राणा शासनको अन्धकार युगकी नारी अभियन्ता योगमायाले आफ्ना अनुयायीसँग जल समाधि लिनु,र, राणा शासन अन्तसँगै नारी चेतना र हक अधिकारका लागि अघि सरेका अभियन्ता , सर्जक , श्रष्टाले साहित्य, समाज, संस्कृति, राजनीति एवम् संरक्षण आदिमा योगदान पुर्याउनुहुने  अग्रज नारीहरुको सन्दर्भगत रुपमा नाम राखी सम्मान दर्शाउनु भएकोमा धन्य । गुरुमा प्रति नमनः , सुखद भविष्यका लागि शुभकामना । यहाँको लेखनताले निरन्तरता पाइरहोस । 

     


    नारायण प्रसाद शर्मा फुयाल
    लेखकबाट थप