• ट्रेण्डिङ्ग :
दार्चुलाको घुसा क्षेत्रमा ४.६ रेक्टर स्केलको भूकम्प

दार्चुलाको घुसा क्षेत्रमा ४.६ रेक्टर स्केलको भूकम्प


  • 2.0K
    SHARES
    • मंसिर २२, २०८२ आइतबार
    • ९ महिना अघि
    • 3.0K Views

    दार्चुलाको घुसा क्षेत्रमा ४.६ रेक्टर स्केलको भूकम्प

    काठमाडौँ, मङ्सिर २१ । दार्चुलाको घुसा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.६ स्थानीय परिमाणको भूकम्प गएको छ। 

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, खुमलटारका अनुसार मङ्सिर २१ गते बिहान ०८ः२८ बजे आएको भूकम्पको केन्द्रबिन्दु दार्चुला जिल्लाको घुसा क्षेत्र आसपास रहेको छ।

    केन्द्रले प्रारम्भिक विवरण सार्वजनिक गरे पनि भूकम्पको प्रभावबारे विस्तृत जानकारी संकलन भइरहेको जनाएको छ। हालसम्म ठूलो क्षति भएको खबर नआएको र स्थानीय तह तथा सुरक्षा निकायमार्फत स्थिति मूल्यांकन भइरहेको केन्द्रले जानकारी दिएको छ।

     
     


    तेस्रो आँखा