• ट्रेण्डिङ्ग :
मेरिल्याण्डका सांसद ह्यारी भण्डारीको अथक प्रयासमा बानालाई दुई लाख ५० हजार डलर सहयोग

मेरिल्याण्डका सांसद ह्यारी भण्डारीको अथक प्रयासमा बानालाई दुई लाख ५० हजार डलर सहयोग


  • 9.6K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    मेरिल्याण्डका सांसद ह्यारी भण्डारीको अथक प्रयासमा बानालाई दुई लाख ५० हजार डलर सहयोग

    काठमाडौं, १३ चैत । अमेरिकामा नेपाली समुदायका प्रथम सांसद तथा इतिहास लेख्ने मेरिल्याण्डका बविधान सभा सदस्य डा ह्यारी भण्डारीको अथक प्रयासमा बानालाई दुई लाख ५० हजार डलर सहयोग प्राप्त भएको छ । डा. भण्डारीले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएका हुन् । 

    images

    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना) ले विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त भएको विज्ञप्ति उल्लेख छ । 

    सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो ।

    बिहीबार मार्च २४ तारिख बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फण्ड बानाको खातामा जम्मा गरिदिएको छ। समुदायका लागि चालु खर्चबाटै म्याचिङ फण्ड उपलव्ध हुनु आफैंमा मानक उपलव्धी हो। यस्तो उपलव्धी नेपालीका लागि त पहिलो हो नै, अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवतस् पहिलो हुनुपर्छ भनि डा भण्डारीले जनाएका छन् ।

    उनले ,म यतिबेला मेरिल्याण्ड हाउस अफ एसेम्बेलीको पहिलो ऐतिहासिक कार्यकालको अन्तिम विधायिकी सत्रमा छु। यो चार वर्ष मैले अमेरिकाको मूलधारको विधायिकी प्रक्रिया बुझ्ने, नेपालीलाई एक शालिन र सभ्य समुदायका रूपमा सगौरव प्रस्तुत गर्ने र नेपाल र नेपालीलाई भिजिबल बनाउने काममा खर्चेको छु।

    बाना बण्ड बिल पारित हुनु र बाल्टिमोर सिटीले चालु खर्चबाट म्याचिङ फण्ड उपलव्ध गराउनु त्यसैको परिणाम हो। मैले यसलाई मेरो पहिलो कार्यकालको एक मानक उपलव्धी मानेको छु भनि बिज्ञप्तिमा जनाएका छन् ।


    तेस्रो आँखा