आज फेरि आमा तिम्रो, धेरै याद आयो ।
अनयासै तिम्रो तस्बिर , परेलिमा छायो !!
तिम्रो याद आउँदा आमा, रसाउँछ परेली !
जति सम्झ्यो, त्यति बढ्ने, सम्झनाको बेलि !!
दिन रात एकै नास, बढी नै रहने !
यी आँखा को परेलिमा, छाई नै रहने !!
खुसिका दिन आउँथे अरे, मागे जति मिल्छअरे !
तिम्रो आँचल, ओढि सुत्दा, चिर शान्ति मिल्छ अरे !!
आफ्नो त कर्मै खोटी, सम्झी बस्नु पर्यो !
जिन्दगी को प्यारो साथी, आँसु थोपा बन्यो !!
तिम्रो आँचल संगै सबै, खुसिहरु उडि गए !
तिम्रो हात छुट्दा आज, धुलो सरि भएं !!
रहर हरु सेलाई गए, आशाहरु मर्दै गए !
जिन्दगी को संघर्ष मा, आजसम्म हार्दै आँए ।।
लेखक: सुशील रावत
