• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगले तोक्यो ओखलढुंगाको मुख्य निर्वाचन अधिकृत र आठ स्थानीय तहको निर्वाचन अधिकृत (सूचिसहित)

निर्वाचन आयोगले तोक्यो ओखलढुंगाको मुख्य निर्वाचन अधिकृत र आठ स्थानीय तहको निर्वाचन अधिकृत (सूचिसहित)


  • 15.0K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 23.1K Views

    निर्वाचन आयोगले तोक्यो ओखलढुंगाको मुख्य निर्वाचन अधिकृत र आठ स्थानीय तहको निर्वाचन अधिकृत (सूचिसहित)

    काठमाडौं, १३ चैत्र । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरेको छ । निर्वाचन आयोगले आइतबार सुचना प्रकाशित गर्दै ७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वचन अधिकृत नियुक्त गरेको हो ।

    images

    निर्वाचन आयोगले ओखलढुंगाको मुख्य निर्वाचन अधिकृतमा  जिल्ला अदालत ओखलढुंगाका जिल्ला न्यायाधीस दलबहादुर केसीलाई नियुक्त गरेको छ ।  आयोगका अनुसार जिल्ला न्यायाधीस केसी सिद्धिचरण नगरपालिकामा खटिने गरि जिल्लाको प्रमुख निर्वाचन अधिकृतमा नियुक्त भएका हुन् ।

    आयोगले चिशंखुगढी गाउँपालिकाको लागि जिल्ला सरकारी वकिल कार्यालय ओखलढुंगाका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, चम्पादेवी गाउँपालिकाको लागि उच्च सरकारकारी वकिल कार्यालय ओखलढुंगाका उपन्यायाधिवक्ता महेन्द्र बहादुर थापा,  मोलुङको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव खिमा देवी लङवा र मानेभञ्ज्याङको लागि ओखलढुंगा जिल्ला अदालतका श्रेस्तेदार नविन खनाल  निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । 

    त्यस्तै आयोगले जिल्लाको लिखु गाउँपालिकामा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेश कुमार थापा, खिजीदेम्वा गाउँपालिकाको निर्वाचन अधिकृतमा महालेखा नियन्त्रक कार्यालय काठमाण्डौमा उप–महालेखा नियन्त्रको रुपमा कार्यरत विष्णुहरी बराल र सुनकोशी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, काठमाण्डौका, उपसचिव कविता फुँयाललाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । 

    वैशाख ३० को निर्वाचको तयारीलाई तिब्र बनाएको आयोगले आईतबार नै पर्यवेक्षणका लागि निवेदन आव्हान पनि गरिसकेको छ । 

    chunab.PNGchampadevi.PNG

    local election okhaldhunga.PNG

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप