बादलपारी गाउँमा माया, तन पराई भुमी !
दिनरात को कडा काम, भाग्य फेर्न भनी !!
सपना बुन्दै घर फर्किने, पैँसा जम्मा गरि !
ऎना सरि फुट्यो सपना, दुर्घटना परि !!
न त कोहि आफन्ती छ्न, न त साथमा धन !
घर परिवार सम्झी ल्याउँदा, रुन्छ कठै मन !!
पराई भुमी अस्पतालमा, मृत्यु संग लड्दै !
छेउमा उसको बस्यो कोहि, जीवन भिख माग्दै !!
डाक्टर आई जाँच गरे, फाईल केही लेख्दै !
नर्स आई दवाई दिईन, आश्वासन दिँदै !!
घरी यता - घरी उता, गर्दै कोल्टे फेरि !
आनन्द ले सुते जस्तै, आँखा बन्द गरि !!
उस्तै हाल वरिपरि, उहि आवाज ''अईया '' !
खुट्टा राख्ने ठाउँ छैन, खाली छैनन् सैया !!
हड्बडाए डाक्टरगण, बिरामी लाई हेरि !
हतारिदै नर्स भन्छिन, इमर्जेन्सी फेरि !!
सुशील रावत
