कुरा उस समयको हो, जब म कलेज भर्ना भएको थिए।मेर कोहि संग- साथी बनेका थिएनन् । जसको कारण ले मलाई एक्लोपनको महसुस भै रहन्थ्यो ।
समयको क्रम संगै बिस्तारै बिस्तारै बानी पनि पर्दै गयो । कक्षा कोठामा पनि एक्लै बस्थें , अन्तिम बेन्चमा त्यो पनि झ्यालमा । पढाइमा मन न लागेको बेला बाहिर हेरेर मन टोलाउँथें । केही दिन देखि अनौठो खुसी मनमा छाउन थालेको छ । बेग्लै आनन्दको तरंग उत्पन्न हुन थालेको छ । अपुस्ट प्रतिबिम्ब कल्पना को सागरमा तैरिन थालेको छ । कसैले स्नेह स्पर्श गरे जस्तो महसुस हुन थालेको छ । एक प्रतिबिम्ब मेरो नजिक भएर जान्थ्यो । उसको नजर मेरै स्थान तिर तेर्सिएको हुन्थ्यो । पहिला पहिला त लाग्थ्यो अरु कसैलाई हेरेको हुनुपर्छ । आफै लाई हेरेको संझनु भ्रम हो । त्यस माथी अन्जान सहर । नजरको भाषा बुझेर पनि न बुझे झैं गर्नु परेको थियो । एक मन त भन्थ्यो
सोधेर हेर तर ..............। सायद , नियमितको क्रम ले होला उनी मलाई मन पर्न थालिन बिस्तारै बिस्तारै । उनको चन्द्रमुखी मुहार थियो अनि चिटिक्क परेको जिउडाल । मानौँ कुनै कुशल कालिगड ले बनाएको पुर्ण कदको प्रतिमा जस्तै । जब उनी मेरो समीप भएर जान्थिन तब मेरो मनमा बेचैनी हुन थाल्थ्यो । उनको सामिप्य ले मेरो मनको ढुक ढुकी बढ्दै जान्थ्यो गगन चुम्न उडेको कुनै जहाज जस्तै ।
अब त यो नियमित प्रक्रिया जस्तो भै सक्यो ।उनी त्यो बाटो भएर नजर लगाउंदै जान्थिन ।म न देखे झै गरि हेर्थें । कसै गरि आँखा जुधे भने सर्माएर मुस्कुराउँदै जान्थिन शिर निहुराएर । कति पटक बाटोमा आमन्ने - सामन्ने भयौं तर दुबै जना बोल्न सकेनौं । हर समय एक बेचैन , चंचल हुन्थ्यो मन । केही बोल्न खोजे जस्तो लाग्थ्यो तर ओठहरु खुल्दैन थे दुबैका । सायद यहि प्रेम थियो कि ? उनीले मेरो बारेमा कुरा गर्दी रहिछ्न आफ्ना साथिहरु संग , मेरा पछि बनेका केही सिमित साथिहरु संग । उनिहरुले भनेपछि थाहा भयो मलाई । उनलाई म राम्रो लाग्छु रे । मैले कुन रंग को कस्तो कपडा लगाएको उनलाई मन पर्छ त्यो पनि भनेकी रहिछन् । जब यो कुरा म सम्म आई पुग्यो, मेरो मन पनि केही प्रफुल्ल , केही बेचैन भयो त केही दोधारे पनि । क्याम्पस को पढाइ नियमित रुपमा अगाडि बढी रहेको थियो । भेट हुंदा बोलचान न भए पनि मेरो प्रतिको माया र उनले गरेको प्रशंसा उनको आँखामा प्रष्ट देख्न सकिन्थ्यो। इसारा इसारा मैं कुरा हुन्थ्यो । हिच्किटाहट दुबैमा थियो । सर्मिलो स्वभाव उनको । न उनले केही बोल्न सक्थिन , न म नै । मौनता र इसारामा मै हुर्किदै थियो हाम्रो प्रेम कहानी । म एक सामन्य परिवारमा हुर्केको मान्छे , काम गर्दै पढ्दै गरेको । मुल जन्मघर दार्जिलिङ भए पनि परिवार संग बसेर पढ्दै गरेकी मुम्बईमा । साथिहरु बाट थाहा भयो उनी B.sc नर्सिङ पढ्दै रहिछ्न अनि नाम विनु क्षेत्री । फरक यहि थियो हामी दुइमा । समय बित्दै गयो । कलेज को परिक्षा पनि सकियो , लगत्तै लामो बिदा पनि हुने भयो । गह्रौं मन लिएर अलग भयौं कलेज गेट बाट नजर जुधाएर ।
केही समय पछी म नेपाल फर्किए बिदा मनाउन अनि जन्मभुमि मा बालसखा , आफन्तीजन र सुन्दर प्रकृतिमा रमाउन स्वतन्त्र पँक्षी झैं । यता घरमा मेरो बिबाह को कुरा चलिरहेको रहेछ त्यो कुरा बहिनी बाट सुने । सोचें एकपटक बिनु लाई नै प्रस्ताव राखौं मेल गरेर। फोन गर्ने त हिम्मत पनि थिएन किनभने हाम्रो त कुरा पनि भएको छैन एक आपसमा , कसरी भन्नू ? के आधार ले भन्नु ? तर त्यस्तो केही भएन । मातापिताको सल्लाह मा मेरो बिबाह भयो । मैले पनि बिनु लाई अपनाउने चाहना मनको एक कुनामा दबाउँदै नव दुलही लाई जिवन साथीको रूपमा स्वीकार गरें । नव दुलहि ( रेणुका ) को शिल स्वभाव पनि राम्रै देखिन्छ । मेरो खुसीको ध्यान दिने गरेकी छ्न साथमा परिवार , आफन्ती , समाज अनि आफ्नो खुसीको तालमेल मिलाउन जानेकी । एक अर्थले भन्ने हो भने सबै गुन मिलेकी । दिनहरु बित्दै गए । कलेज बिदाको समय पनि सकिनै लागेको छ । एकरात श्रीमती लाई भने `` अब म जानुपर्छ , कलेज पनि सुरु हुन लाग्यो , नेपाल को जिम्मेवारी अब तिम्रो हातमा छ ´´ एकछिन त अकमक्क परिन । बिबाह भएको एक महिना भएको छैन लोग्नेले घरमा छोडेर प्रदेश जान्छु भन्दा कुन श्रीमती लाई पो सहज हुन्छ र ? पहिले त नाई हुँदैन , म पनि हजुर संगै जान्छु भन्दै थिइन ।
बिस्तारै सबै कुरा सम्झाई बुझाई गरेपछि मेरो खुसी र भोलिको सुन्दर भविस्य को लागि आफ्नो इच्छा लाई दबाएर , पीडा लुकाउँदै सानो स्वर मा हुन्छ भनिन । यता मातापिताको मनसाय पनि बुहारीलाई छोरा संगै पठाउने रहेछ । रेणुका लाई लिएर जाने भएपछि साथी लाई फोन गरेर एउटा कोठा खोज्न लगाए । अनि रेणुका लाई साथमा लिएर मुम्बई को लागि हिँडे । मुम्बई पुगेपछि थाहा भयो साथी ( कमल ) लिन आएको आएको रहेछ रेल्वे स्टेसनमा । हामी तिनै जना ट्याक्सी लिएर कोठामा गयौं । खाना खाएर कमल आफ्नो कोठामा गयो सुत्न । कोठा अलग भएपनि घर एउटै रहेछ ।
भोलिपल्ट कोठाको लागि आवश्यक सर सामानको जोहो गरि नियमित कलेज जान अनि कामको खोजी पनि गर्न थाले । जेनतेन एउटा काम पनि मिल्यो सपिङ महलमा । काम मिलेपछि सहज भयो आर्थिक कारोबार मिलाउन । पढाई , काम सबै आफ्नै गतिमा अगाडि बढाउँदै लगें , बिहान कलेज र दिउँसो काम । बेला बेलामा नेपाल मा फोन सम्पर्क गर्थ्यौं , सन्चो बिसन्चो को जानकारी लिने दिने गर्थ्यौं । एवं रुप ले दिनहरु बित्दै गए । वर्ष मा एकपटक नेपाल जाने आउँने गर्न थालेको पनि ५ वर्ष जति हुँनै लागेछ । समयको गति संगै अभिभावक पनि बनी सकेका थियौं ।
लामो समयपछि मलाई कामको चटारो बाट फुर्सद मिलेको थियो । श्रीमती र बच्चा को मनोभावना अनुसारको घुम्ने योजना बनाएं । छोरा को लागि रेलको यात्रा पहिलो थियो । छोरिको पनि स्कुल बिदा भएको उ पनि संगै थिई । रेलको यात्रा छोराछोरी को खुसी देखेर हामी दुबै जना आनन्दित भएका थियौं । गोरेगाव देखि सुरु भएको रेलको यात्रा ले ३५ मिनेट जति पार गरि सकेको थियो भने अँन्धेरी स्टेसन लाई पछाडि छोडेर गन्तव्य तर्फ हुँईकी रह्यो रेल । यसै क्रममा केही भएको महसुस सिटमा त्यही परिचित मुहार थियो । म हेरेको हेरै भए । उनले हामिलाई एक तमासले हेरि रहेकी रहिछन् । अब पर्यो समस्या , के गरौं र कसो गरौं भयो । मन अनयास आत्तिन थाल्यो । न उनले केही बोल्न सकेकी थिइन् न मैले । नजर जुधा जुध भयो । उनी मुसुक्क मुस्कान । जो मुस्कान आज पनी मेरो मनमा अतीत बनेर बसेको छ । आज पनि त्यही शालिन्ता , उहि नशालु हेराई जसले मलाई दिवाना बनाएको थियो । उनिसंग धेरै मनका कुरा गर्न त मन थियो तर साथमा श्रीमती हुँदा सम्भव भएन ।भयो । मुटुको धड्कन बढ्दै गयो । बिचैनी हुन थाल्यो । यता उति हेरें । आफ्नो अगाडिको न चिने झैं गरि सामुन्ने को सिटमा आएर बसिन `` नेपाली हो हजुर हरु ´´ भन्दै । मेरो श्रीमती र उनको बिचमा कुराकानी हुन थाल्यो । कति छिट्टै साथी बने उनिहरु । यो देखेर मलाई अचम्म लाग्यो । हिजोको दिन मा नजर जुध्दा पनि न बोलेकी उनी अहिले सहजै बोलिन । कुरै कुरामा थाहा भयो उनले मेरो प्रतीक्षा मा अहिलेसम्म बिहे गरेकी रहिनछिन । उनले सम्पर्क गर्न खोजेकी पनि रहिछ्न कमल मार्फत । यो कुरा सुन्दा आँखा रसाएर आए । गला अबरुद्ध भए झैँ लाग्यो । शरीर सिथिल बन्दै यो । यो कुरा कमल लाई पनि सोधेँ म्यासेज गरेर , उसको म्यासेज आयो " तेरो बिबाह को दिन पक्का भै सकेको थियो कसरी भनिदिउ । साधना ( बहिनी ) ले फो न उठाएको भए सायद भन्थे होला त्यतिबेला सम्म मलाई बिबाह को दिन पक्का भएको थाहा थिएन । " भनेर । जसोतसो आफुलाई सम्हाले । देख्न सकिन्थ्यो उनलाई पनि निकै गाह्रो भएको थियो सम्हालिन । हाम्रो यात्रा सकिनै लागेको थियो । हाम्रो गन्तव्य आई सकेको थियो भाईखाला स्टेसन ।
चिडियाखाना घुम्ने बच्चाहरुको रहर थियो । म उनको मोहनी चेहरा लाई धित मरुन्जेल हेर्न चाहन्थे अन्तिम पटक अफसोच ! आज पनि हेर्न सकिरहेको थिईन आँखा जुधाएर । आज फेरि अतीत को याद आयो । पुराना कलेज का दिनहरु आँखा वरिपरि घुम्न थाले कुनै फिल्म को रिल जसरी । पुरानो ब्यथा लाई आलो बनाउँदै रेल बाट ओर्लिए परिवारलाई लिएर । मेरो त आजको गन्तव्य आई सकेको थियो तर उनको यात्राको न त गन्तव्य थाहा थियो न त लक्ष्य । सोध्न पनि सकिएन तत्कालीन परिस्थिति ले ।
