तुलसीपुर, २९ बैशाख । चलचित्र पत्रकार संघ दाङको आयोजनामा फिल्म ‘रोल नम्बर १’ का कलाकारसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
फिल्म ‘रोल नम्बर १’ मुख्य कलाकार मुकुल ढकालले विद्यार्थीकाे कथामा आधारित रहेर फिल्म निर्माण गरेको जानकारी दिनुभयो । विद्यार्थीकाे जीवनमा आउने मानसिक दबाब, पढाइप्रतिको चुनौती, अभिभावकको अपेक्षा र विद्यार्थीका भावना तथा संघर्षलाई मुख्य विषय बनाएर फिल्म निर्माण गरेको उहाँले जानकारी दिनुभयाे। विशेषगरि फिल्म विद्यार्थीकाे शैक्षिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेको उहाँको भनाइ छ । साथै सबै दर्शकस्राेताहरुलाई नजिकैकाे फिल्म हलमा गएर फिल्मलाई माया, साथ, सहयोग र हाैसला दिन आग्रह गर्नुभयो ।
उक्त फिल्मका कलाकार रेनु नाथ योगी, सुसान्त मैनाली लगायतले फिल्म हेर्नको लागि दर्शकहरुलाइ आग्रह गनुएभएको थियो।
रहेको थियो।
फिल्म ‘रोल नम्बर १´ काे निर्माण पूर्णबहादुर सारङ्गीको टिमले गरेको हो। उक्त फिल्म यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारी गरिएको जानकारी कार्यक्रममा दिइएको थियो। उक्त फिल्म विद्यार्थीको मनोविज्ञान, विद्यार्थी जीवनका चुनौती, अभिभावकसँगको सम्बन्ध तथा शिक्षासँग जोडिएका सामाजिक विषयवस्तुमा आधारित फिल्म हो। यसले विद्यार्थीका भावना, दबाब र संघर्षलाई कथामार्फत प्रस्तुत गरेको छ।
चलचित्र पत्रकार संध दाङका उपाध्यक्ष भूपेश ओलीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव एकराज भण्डारीले गरेका थिए।
