• ट्रेण्डिङ्ग :
आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन


  • 1.6K
    SHARES
    • आषाढ २६, २०८३ शुक्रबार
    • ३ महिना अघि
    • 2.5K Views

    आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन

    काठमाडौँ, असार २६ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । 

    images

    उहाँको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचारका क्रममा शुक्रबार बिहान ११ :१९ मा मृत्यु भएको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा.पियुष दाहालले जानकारी दिनुभयो ।

    दाहालका अनुसार शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर थियो ।

    नेपालीलाई बिहीबार दिउँसो २ः१५ बजे वीर अस्पताल लगिएको थियो। तत्कालै उहाँलाई कुलिङमा राखिएको र त्यसपछि श्वासप्रश्वास सहज गराइएको उहाँको भनाइ छ । 

     


    तेस्रो आँखा