• ट्रेण्डिङ्ग :
तीन प्रदेशका पहाडी भूभागमा भीषण वर्षाको सम्भावना

तीन प्रदेशका पहाडी भूभागमा भीषण वर्षाको सम्भावना


  • 1.1K
    SHARES
    • आषाढ २८, २०८३ आइतबार
    • २ महिना अघि
    • 1.7K Views

    तीन प्रदेशका पहाडी भूभागमा भीषण वर्षाको सम्भावना

    काठमाडौँ, असार २८ ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

    images

    महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    भोलि सोमबार पर्सी मङ्गलबार कोशी, मधेस, बामगती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने छ । 

    भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    पर्सी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


    तेस्रो आँखा