• ट्रेण्डिङ्ग :
शुक्रबारसम्म भारी वर्षाको सम्भावना

शुक्रबारसम्म भारी वर्षाको सम्भावना


  • 1.4K
    SHARES
    • आषाढ ३१, २०८३ बुधबार
    • २ महिना अघि
    • 2.2K Views

    शुक्रबारसम्म भारी वर्षाको सम्भावना

    काठमाडौँ, असार ३१ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    images

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको पनि महाशाखाले जनाएको छ । 

    अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    भोलि बिहीबार र पर्सी शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । 

    भोलि र पर्सी कोशी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी, बामगती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    तेस्रो आँखा