• ट्रेण्डिङ्ग :
छ प्रदेशमा वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह

छ प्रदेशमा वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह


  • 1.8K
    SHARES
    • श्रावण ३, २०८३ आइतबार
    • ३ महिना अघि
    • 2.8K Views

    छ प्रदेशमा वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह

    काठमाडौँ, साउन ३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले ६ प्रदेशको विभिन्न भूभागमा मध्यमसम्मको वर्षा भइरहेको छ । मङ्गलबारसम्म भारी बर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

    images

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । आइतबार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली, पहाडी र तराई भूभाग साथै मधेस प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    भोलि सोमबार र पर्सी मङ्गलबार देशभर साधारणतया बादल लाग्नेछ । भोलि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    पर्सी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    तेस्रो आँखा