• ट्रेण्डिङ्ग :
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

तीन प्रदेशमा भारी वर्षाको सम्भावना


  • 1.3K
    SHARES
    • श्रावण ५, २०८३ मंगलबार
    • १ महिना अघि
    • 2.0K Views

    तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन ५ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल छ वटा प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ।

    images

    महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

    आज मङ्गलबार राति देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    भोलि बुधबार र पर्सि बिहीबार देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बुधबार बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    यस्तै, बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    तेस्रो आँखा