• ट्रेण्डिङ्ग :
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना


  • 3.1K
    SHARES
    • श्रावण ७, २०८३ बिहीबार
    • ३ महिना अघि
    • 4.8K Views

    पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन ७  गते ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ ।

    images

    महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको जानकारी दिनुभयो ।  

    उहाँका अनुसार पछिल्लो छ घण्टामा सबैभन्दा बढी वर्षा जाजरकोटमा पाँच दशमलव ६ मिलिमिटर मापन भएको छ । यस अवधिमा काठमाडौँ, सुर्खेत र कैलाली आसपासका क्षेत्रमा पनि हल्का वर्षा भएको छ । रासस

     


    तेस्रो आँखा