काठमाडाैं,२ बैशाख । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचन लक्षित उत्कृष्ठ गीतलाई २ लाख ७५ हजार पुरस्का दिने भएकोे छ । पार्टीको पक्षमा गित रेकर्ड गरी अडियो भिडियो बनाउने उत्कृष्ठ कलाकारलाई २ लाख ७५ हजार धनराशी सहित पुरस्कृत गर्ने भएको हो ।
यसका लागि स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति अन्र्तगत रहेको सांस्कृतिक समन्वय उप समितिद्वारा गीत तयार गरी उक्त समन्वय उप समितिको मेसेन्जरमा लिंक पठाउनु पर्ने छ ।
गीत बजारमा आइसकेपछि दर्शक श्रोता वा छनोट समितिको निर्णय बमोजिम पुरस्कृत गर्ने नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक डि बी गुरुङले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

