नाटकहरु संकलनका पृष्ठभूमि र प्रकाशन सन्दर्भमा साहित्यानुरागी सुविज्ञ चर्चित साहित्यकार एवं समालोचक डा. गोविन्द राज भट्टराई ज्यूप्रति सर्जक लीलबहादुर ज्यूकै शब्दमा मेरा आफ्ना पुराना अप्रकाशित सामग्रीहरु खोजेर, संकलन गरी सम्पादन गरेर प्रकाशनतिर अघि बढाउन कोही खोज्दैनन् सितिमिती आः त्यो घनघोर जंगल भित्रको पसोस ? मलाई उहाँ जस्तो फेददेखि टुप्पासम्म, पूर्वदेखि पश्चिमसम्म अध्ययन् भएका, बोध भएका लगनशील व्यक्ति चाहियो कि भरतपुर चितवनका डि.आर. पोख्रेल, मेरा केही भूमिका संकलनले प्रकाश पाउनुमा पोख्रेल ज्यूकै प्रमुख भूमिका छ, अनि यी प्रकाशनलाई डा. भट्टराई ज्यूले कुन रुप कस्तो दृश्यमा देखाउनु भएको छ त्यो हेर्न बाँकी नै छ । र, सम्पादन तथा भूमिका लेखनका स्रष्टा डा गोविन्द सरको मेरो शिलाङ्ग तेजपुर गुवाहाटी शीर्षक भ्रमण वृत्तान्त माथि लेख्नु भएको आशिर्वादका केही शब्द दुरुस्तमा ( सागरदेखि सगरमाथासम्मको उडान उत्तरआधुनिक युगको यो हो गोविन्द पुराण ) लेखी धन्य हुनुहुन्छ । लील सर । नमन
पुस्तकको अग्र जिल्दको सिङगो बहुआयमिक रंगीन पृष्ठभूमिमा अथक साधक साहित्यका धरोहर श्री लील बहादुर क्षत्री ज्यूको एकदमै आकर्षक दुईक्रश खुकुरीले शोभित शिरमा नेपाली टोपीमा सुसर्जित व्यक्तित्व झल्किएको तस्वीर राखी पुस्तकको सिरानमा सेता अक्षर लील बहादुर क्षेत्री र काला अक्षर चर्चित नाटकहरु छन् । र, पछाडि पट्टिको जिल्दमा रातो रङकै बढी पृष्ठभूमिमा सर्जक क्षेत्रीका प्रमुख पकाशन चार उपन्यास, दुईकथा संग्रह, चार निबन्ध एव्म नाटक र एकाङकी साथै उहाँले प्राप्त गरेका प्रमुख सम्मान पुरस्कार आदि उल्लेख गरिएको यो कृति वोरियन्टल पब्लिकेसन गृह काठमाण्डौंले प्रकाशन गरेर भर्खरै मात्र पाठक समक्ष ल्याइपु¥याएको छ ।
समर्पण “समाज सुधारको चिन्तामा समर्पित”
यो कृति पुस्तक लक्ष्य र दोबाटो दुवै (सामाजिक नाटक) र तीन एकाङकी र रेडियो रुपक गरी जम्मा २३८ पृष्ठमा समेटिएको छ र पुस्तकको सम्पादन तथा भूमिका लेखन डा. गोविन्द राज भट्टराई ज्यूले गर्नुभएको छ । स्वयम लील सरले लेख्नु भएको पनि छ । आः त्यो घनघोर जंगलभित्रको पसोस मैले पो त्यति सजिलै जसलाई त्यसलाई कहाँ दिन्छु र पस्न त्यो मेरो संरक्षित वन भित्र ? सोचपाल्नेहरुका साम्नेमा सर्जकलाई दिएको विश्वास श्रद्धा सम्मानले त्यो घनघोरको साहित्य अरण्य भित्र छिरेर श्रीखण्ड बटुली भारीकस्न सक्नु प्रबन्ध गर्नु सितिमिती भने होईन, शिल्प र कौशलका सामु कसको जोड चल्ने ? परिमाण स्वरुप यो कृति तयार हुन गयो । यसको जस सम्पादन एव्म भूमिका लेखकमा जान्छ । यसको हकदार उहाँ हुनुहुन्छ र यथार्थ पनि हो साथै चितवनको जेष्ठ नागरिक समाज डि.आर. पोख्रेल एव्म विद्यानिधि डा. गोविन्द सरका शिष्य अनुवाद विधामा विद्यावारिधि गर्नुहुने डा .नवराज न्यौपाने ज्यूले लील सरको प्रसिद्ध उपन्यास बसाईंको अंगे्रजी भाषामा रुपान्तरित कृति “माइकलहट” समावेश गरी लेखिएको भूमिकाले कृतिको महिमा अपरिमित लाग्दछ र सुकर्मका अगुवाइमा लाग्नु भएका साहित्यानुरागी सबमा अजस्र शुभकामना सहित नमन ।
अन्धकारका युगका साक्षी, प्रवद्र्धक सर्जक उन्नयन एव्म उन्नायक श्री लील सरले बसाईं उपन्यास लेखेर तत्कालीन समाजको गहिरएर चित्रण गर्नु भएको थियो भने केही समय अन्तरालको सेरोफेरोमा अशिक्षा, अन्धविशवासले घेरिएर तीनै पीडा, उत्पीडन, शोषण, दमन, कुसंस्कार, कुरीतलाई सर्लकै टिपेर नाटकमा तत्कालीन असमेली सिङगो नेपाली समाजको वृहत्तर र जीवन्त चित्रणले समाजलाई रुपान्तरण तिर डो¥याउन यो कृतिका नाटक “लक्ष्यको” लक्ष्य सर्वाधिक शक्तिशाली लाग्दछ ।
बसाईं उपन्यासबाट तत्कालीन समाजले उठाएका पृष्ठ भूमिको परिबेशले सेतुको रुपमा समग्रमा नाटकले समाजलाई रुपान्तरण गर्न शक्तिशाली बनेको अनुभव हुन्छ । बसाई उपन्यास एकताका नेपालका कलेज स्तरका शैक्षिक पाठ्यक्र्रममा भएकाले इन्टरमिडियट कोर्समा पढाइ हुन्थ्यो र मैले पनि पढेको हूँ । बसाईं उपन्यासबाट तत्कालीन नेपालमा विद्यमान रहेको सामन्ति प्रथाले स्वाभिमान पूर्वक बाँच्न नदिई बाध्य भई मुंग्लान आसामतिर जीविकोपार्जनका लागि बसार्इं हिड्ने बाध्यता देखिको सिङगो असमेली नेपाली समाजको चित्रण गरिएकाले त्यसकै आधारमा पनि “प्रतिध्वनिहरु विस्मृतिका” उपन्यास पढ्ने के के ह्याण्डिकी ओपन स्टेट यूनिभर्सिटी ( विश्वविद्यालय ) अन्र्तगतका विद्यार्थीहरु र अन्य पाठकहरुका लागि वा तिनका माझमा चिनिएको नाम बसार्इंका उपन्यासकार लील बहादुर क्षत्री ज्यूको चर्चित यो नाटक खुशीले खोजी खोजी पढ्ने छन् भन्ने लाग्दछ ।वहाँको साहित्यप्रतिको अन्वरत साधना र तपस्याको उच्च कदर गर्दै भारत सरकारले पद्मश्री जस्तो गरिमामय सर्वोच्च सम्मान प्रदान गरेको छ । यो सम्मानले हामी गौरावान्तित छौँ । धन्य । लील सर, नमन ।
अग्लो उचाइका सबैका आदरणीय साहित्यिक व्यक्तित्वका सन्दर्भमा डा. गोविन्द भट्टराई ज्यूले तीसवटा श्रीङखला सिलाङ तेजपुर गुवाहाटी छापिसक्नु भएको र अरु तीसवटा छापिने तयारीमा छन् । ती सबै मिलाउदा हजार पृष्ठको ग्रन्थ नै तयार हुनेछ , र ग्रन्थका केन्दी्रय पात्रका भूमिकाहरु , नाटकहरु , निबन्धहरु र अन्र्तवार्ताको प्रकाशन हुन बाँकीलाई चितवनका साहित्यिक सिर्जनाका सर्जक डि आर पोख्रेल ज्यूले गुवाहाटी र काठमाण्डौं बीचको सेतुकोदूरी कर्म गर्नुभएकोले डा गोविन्द सरले लील सरका छत्त्सिवटा भूमिकाको सम्पादन गर्नुभई भूमिका लेखी प्रकाशित भएको सन्दर्भमा भानुभक्तलाई मोतीले चम्काएझै गोविन्द राज सरले लील सरको व्यक्तित्व र कृतित्वलाई उत्कर्षमा पु¥याएको अनुभूति हुन्छ । यसर्थ डा गोविन्दराज भट्टराई ज्यूको साहित्यिक यात्राको ऐतिहासिक महत्वको संकलित कृति हो यो ।यति ठूलो मिहिनेत र साधनाले तयार भएको पुस्तक पढ्न र केही लेख्नको लागि प्रेरक प्रसंग आफ्ना हातैले लेखी हातैमा राखी दिनुभएकोमा साहित्यिकनिधि गुरु गोविन्द सर प्रतिसहर्षले आभार प्रकट गर्दछु । नमन ।
लगभग ६६ वर्ष अगाडिको आसामको सिङगो नेपाली समाजको अवस्थालाई गुवाहाटी र डिबू्रगडको परिवेशमा प्रतिबिम्बित गरिएको त्यो अन्धाकार युगका सामाजिक सांस्कतिक ,भाषिक धार्मिक एव्म शैक्षिक पक्षका पाटाहरुलाई लक्ष्य शीर्षक दिई कलात्मक ढङ्गले यो नाटक लेखियो । तत्कालीन गुवाहाटी शहरका जातजाति बीचको भेद ,पुरातन र रुढिग्रस्त परम्पराले व्याप्त अन्धविश्वास र अज्ञानताले जेलिएको समाजका कु तत्वहरु सक्रिय रहनाले शिक्षारुपि चेतना विल्कुलै थिएन । प्रस्तुत लक्ष्य नाटकको अंक र दृश्यहरुमा समाजको कु प्रथाको प्रकोपमा कति अवला विवसता वस पर्न गएका छन् । र युवकहरुको जीवन बलिदान भएको छ , यही र यस्तै अन्य परिवेशका पृष्ठभूमिबाट उठान गरिएको लक्ष्य नाटकको आरम्भ प्रथम अंक , प्रथम दृश्यमा खुकुरी हातमा लिएको युवकबाट भएको छ , खुकुरी वीरहरुको निसान गोर्खालीको शान झल्काउदै जागृतिको आव्हान गरिएको भान हुन्छ र लक्ष्य नाटकका अंक र दृश्यका केही मर्म स्पर्शी दृश्यका कथनकथितलाई सन्दर्भ मिलाई दुरुस्तै राखी लक्ष्य नाटकको समीक्षा लेख्ने जमर्को गरे । यो कथन रखाइले समीक्षालाई रोचक बनाउछ भन्ने ठानेर केही सन्दर्भहरु दुरुस्तैसंग राखिएका छन् ।
लीलाको बाबु – (लीलातिर हेरेर ) तिमीहरुले दुः ख पाउँछौ होला नानी , अब मेरो धेरै देरी छैन । सानै बा ..... ट तँइले साह्रै दुः ख भोगिस् । मैले धेरै दुः ख दिएँ तँलाई । मलाई माफ गरिदिनु मेरोपछि तँ आमासित डिबु्रगढ जानू , वहाँ हाम्रो माटो बारी छ ।
लीला – (हात बाबुको निधारमा लगेर ) ओह ! ज्वरो एकदम बढेको छ ।
( कलावतीपट्टि फर्केर ) आमा अस्तिको केही रुपियाँ बचेको भए दिनोस्त ,डाक्टर बोलाऊँ । हेर्नुहोस , बाबालाई कति साह्रो ज्वरो बढेको छ ।
डाक्टर —मधौरुको अवस्था एकदम खराब छ । डाक्टरलाई पहिल्यै देखाएको भए केही आशा थियो । खैर , इन्जेक्सन दिएको छु ,जीवन दिन ईश्वरको इच्छा हो , हालत सुध्रियो भने मलाई खबर दिनु ।
लीलाको बाबु —ली..ला .. ( टाउको एकातिर लर्काउँछन्) ) लीला बाबाको शब्दसितै चारपाईको छेउमा मुख लुकाई रुन्छे ,केशवले लीलाका बाबुको मुख च्यादरले ढाकिदिन्छ र निस्तब्ध खडा रहन्छ , कलावती रुँदै प्रवेश गर्छे )
वीरे — कसो केशव , यहाँ के गरिरहेछौ ? शायद लीलाको प्रतिक्षा होला केशव —अब प्रतिक्षाको पनि अन्त भयो वीरु , लीला भोली डिबु्रगढ जाँदै छे ।
केशव — शायद उसको बाबुको घरबारी छ , खैर भन के हाल छ ?
सभापति — (उठेर )मित्रवर्ग !हामी सबैको आलोचनाले हामी एउटै निष्कर्षमा पुग्छौँ । अर्थात् समाजमा रहेको मैलो धमिलो तथा अन्धकारलाई मेटाई एउटा स्वच्छ र उन्नत समाजको सृजना गर्न हामीजस्ता केही आँखा उघ्रेका यूवकहरुको त्यागको आवश्यकता छ । सर्वप्रथम हामीलाई एकताबद्ध तुल्याउने एउटा संघको आवश्यकता छ , जसद्धारा हामी आफ्नो काम आरम्भ गर्नेछौँ । औ त्यो संघ हुनेछ । समाज सुधारक संघ । यस विषयमा दुई —चार कुरा भन्नको निम्ति हाम्रा विद्यार्थी केशवज्यूलाई निवेदन गर्दछु ।
गोपाल —मैले सुनेको छु , तपाईले फेरि बिहा गर्नुहुन्छ रे , बा , यो बुढेसकालमा तपाईलाई के नपुग्दो छ र बिहा गर्नुहुन्छ । मान्छेले के भन्छने त्यसो गर्दा ?
नन्दे — मर्दले दसोटी गर्छन , तँलाइ यी सबै कुराको के चासो ?
गोपाल —मलाई चासो छ बा , किनभने म यो युगसंगै दगुर्न चाहान्छु तर तपाई सत्ययुगसंग घस्रन चाहानुहुन्छ । यो युग दसोटी बिहा गर्ने युग होइन ।
कला —चुप , तँलाइ मेरो अगाडि यस्तो कुरा गर्न शर्म लाग्दैन । गति , मति शर्म हराइसकेकी राँडी ।बजिनीको बुद्धि हेर त । त्यो घर न थर चाल न ढालको बुङ्गो केशवका लागि त्यत्रा महाजनलाई लात मार्न खोज्छे । त्यही हो तेरो बुद्धि ?
लीला —( रिसको आवेगमा ) आमा , मलाई चाहे जति पनि गाली गर्नोस , तर केशबजस्ता पवित्र व्यक्तिमाथि कलङ्क नलाउनोस । तपाईलाई थाहा छ , बाबाको चोला उठ्दा त्यो दुःखको माभमा त्यही बुङ्गो केशबकाम लागेथ्यो । त्यति बेला कोही महाजन सगाउन आएको थिएन । यस्तै यस्तै प्रसङ्गले लक्ष्य नाटक पूरा हुन्छ । र बाँकी पाठकहरु समक्ष ।
नाटककी नायिका पात्रा लीलाको गरिबी र कर्कसा हृदयहीना सौतेनी आमाको ताडना ,बूढो बिमारी बाबुको बिवस्ता र लाचरी , शैशवकालमै मातृस्नेहबाट वञ्चित अवलाको जीवनकथाबाट शुरुभई समय गतिशील हुनाले परिवर्तनका ढाोकाहरु क्रमश खुल्दै र बन्द हुदै जान्छन ।
लीलाका बाल्यकालका शिक्षा र खुसीका किरण छिर्ने ढोका बन्द र अहिले यौवन्तामा आशाका ढोका खुलेका छन , तापनि जीवन लथालिङ्ग र भताभुङ्ग छ । कहिले र कसरी व्यवस्थित हुने ? सहानुभूति सम्मका दुई शब्द कसबाट सुन्ने ?
केशव —बाल्यकाल देखि नै रातदिन संगै खेल्दै आयौँ । अहिले भेट गर्नुमानै कस्तो बाधा लीला ?
लीला बा अस्ति भन्नुहुन्थ्या,े अब म जवान भए रे , धेरै घुमफिर गर्दा समाजले आँैलो ठड्याउछ रे ।
प्रकृति प्रद्धत यौवनले शारीरिक एंव मानसिक संवेगका बीचको सामाजिक मर्यादाको चियोचर्चाबाट बच्न बाबुले जवान भएकि छोरीलाई होसियारी हुन सचेत गरेको मनोवैज्ञानिक उपज हो ।
लक्ष्य नाटकको पर्दा उठ्छ —दृश्यमा २४÷२५ वर्षको यूवकहातमा नाङ्गो खुकुरी लिएर उभिएको छ । उसका वरतिर परतिर अरु यूवकहरु उभिएको देखिंन्छन् । सबै जनाले गीत आरम्भ गर्छन । वीरको तँ अमर निसान............. । द्धितीय दृश्यको शुरुमा लीला र केशवको पृष्ठभूमिलाई आधार बनाई कसंस्कारी संगठन सम्मेलन बैठक वेश्यावृत्ति, मापसे कुलत विरुद्ध ( धामी , पुरोहित सामन्त ) लड्ने समाज परिवर्तनका लागि युवाहरुले गरेको सामुहिक प्रतिज्ञा चेतनामुलक छ । समग्रतामा लक्ष्य नाटकको लक्ष्य भनि युगान्तकारी समाजको सुधार , समाजमा व्याप्त अन्धविशवास ,अज्ञानता ,रुढिवादी परम्परा र कु प्रथालाई उन्मूलन गर्ने मुल लक्ष्य हो भने यस नाटकका अभिनयकर्ता पात्रहरुले आ आफूले पाएका भूमिकालाइ पारङगता पूर्वक धेरै थोरै जे जति भए पनि राम्ररी प्रस्तुत गरेका छन भन्ने नाटक पढ्दैमा अनुभव हुन्छ भने । दृश्य नै हेर्न पाउदा झन कति हो कति । नाटकले समाज रुपान्तरणका लागि आवश्यकपर्ने शक्तिशाली अस्त्र चेतना फैलाउन सफलता हासिल अवश्य गराउने नै छ ।
लक्ष्य नाटकको सन्दर्भमा नेपाली समाजको ऐतिहासिक पृष्ठभूमिलाई पछि फर्केर हेर्न चाहे । विश्व मानव समाजका ती कालखण्डहरु फ्रान्सको राज्य क्रान्ति, इङ्गलेण्डको औद्योगिक क्रान्ति एवम् अमेरिकी स्वतन्त्र संग्रामले विश्वमै परिवर्तनको लहरले तहल्का मच्याएको कालखण्डको उत्तरार्धतिर सार्बभौम देश आफ्नै स्वतन्त्र अस्तित्वमा रहेता पनि शताब्दी भन्दा बढी जाहनिया एकतन्त्रि हूकुमी शासनको त्यो अन्धकार कालखण्डमा चेतना र अशिक्षाका कारणले नेपाली समाज अन्धकारमा रुमलिएको बेलाको समाजको चित्रण कथाकार गुरु प्रसाद मैनाली ज्यूको एघार कथाको संगालो नासोमा चित्रण गर्नुका साथै लीलसरको बसार्इं उपन्यास अनि २०२....... मा प्रकाशित डा. गोविन्द राज भट्टराई ज्यूको मग्ुंलान उपन्यास समेतको प्रसंगले नेपाली साहित्य बाङ्गमयका धरोहर श्रष्टा लील सरज्यूको कृति बसाईं चांहि जग हो । किनकि बसाईं हिड्नेको ताँतीको कारणहरुलाई भित्री तह देखिको नेपाली समाजका संस्कार ,संस्कृति , रीतिस्थिति, अशिक्षा, अन्धविश्वासलाई खोतली बसार्इं सर्नुको रहश्यलाई उजागर गरी भावी पुस्तालाई सचेत गराउन र आसाम क्षेत्रमा रहेका नेपालीहरु कसरी बाँचेका रहेछन ,र तीनको
हैसियतलाई समेत समेटी लीलबहादुर क्षत्रीका चर्चित नाटकहरुको सन्दर्भ सहितको भूमिकाले तयार भएको ग्रन्थले एउटा ईतिहासको रचना गरेको छ ।
यो हामीले अनुभूत गर्ने विषय हो । नत्र नेपाली समाजकाृे चित्रण कस्ले र कहाँको शिलालेखमा अंकित गरेको छ र ? तीन्ताकाको नेपाली समाज र शासकबीचको अवस्थाका बारेमा राणाहरुलाई सुध्रन्छन कि भनी नेपाली साहित्यमा मकै पर्व शायद व्यङगात्मक शैलीमा लेखिएको थियो कि कौसल अड्डाका सुब्बा कृष्ण लाल अधिकारीको कृषिमा आधुनिक सीप र प्रविधिको प्रयोग सम्बन्धी मकैको खेती शीर्षकको पुस्तक जुन पुस्तक पढ्ने अवसर कसैले पनि पाएनन् रे किनकि अनुदार राणशासकले सबै किताब जफत गरेको सुन्नमा आएको हो । तत्कालीन अवस्थामा एकजना सर्जकले ठूलो आट गरी लेखेको बसाईं उपन्यास र त्यो भन्दा अगाडिको नासो कथा संग्रह जस्तै २०........को मुंग्लान उपन्यास जस्ता कृतिहरु भाबी पूस्ताकालागि पढ्नै पर्ने पुस्तकहरु हुन ।
नेपाली समाज कुन दुरा अवस्थामा थियो त्यसताका अर्थात २००७ साल भन्दा अगाडिको परिवेशबारे १६÷१७ वर्षका विद्यार्थीहरुले कलेज अध्ययन्को क्रममा नासो बसाईं र मुंग्लान जस्ता कृतिहरुको अध्ययनले निकै बुझ्न भ्याएका थिए भने यो नाटक लक्ष्य र उपन्यास मुंग्लानले र यसको क्षेत्रमा व्यापक विस्तार भएको छ ।
लक्ष्य नाटकको सार संक्षेपमा गरिब परिवारमा जन्मेकी छोरी लीला जो साक्षर भएर पनि बाबुकी एक्ली सन्तान जा मातृवात्सल्यबाट वञ्चित थिइन । गृहस्थी जीवन धान्नलाई बाबुले दोस्रो विवाह गरेर सौतेनी आमा भित्र्याए ,आफू एक त गरीब अनि रोगी , कलावती जस्ती विवेक शुन्य करकसा स्त्री जो मातृ हृदय नखुलेकी निष्ठूर महिला आमाका नाममा कलंकित ,लीलाका प्रेमी केशवका अलवा साथै नन्दे साहु जसले आफ्नी श्रीमती प्रति गरेको व्यवहार र स्त्री लम्पटसंग छोरीको सौदा गर्नु पण्डित जस्तो खलनायक नन्दे साहूको छोरा गोपाल , कमलाको बाध्यता एउटी अवलाको उद्धार पुर्नविवाह नन्देको छोराको हत्या पछिको पश्चाताप , लीला र केशवको पुर्नमिलनमा समेटिएको लक्ष्य नाटकको उतरार्धमा केशवले सामन्त नन्दे साहु माथि गरेको खुकुरी प्रहार सामन्तको निर्दोश छोरा गोपाल माथि पर्छ र उसको प्राण पखेरु उडछ । खुकुरी प्रहारक पात्र झ्यालखानामा थुनिन्छ । नन्दे सामान्त बाँच्दछ तर निर्दोश छोराको हत्या हुनाले पश्चातापको भुङग्रोेले डड्नु अन्याय भोग्नु निर्दोशले सजाय पाउनु जस्ता कर्मको पश्चातापगर्दै नन्देृ साहूले केशव समक्ष माफी माग्नु । केशवले उठाएको समाज परिवर्तनको जिम्मेवारीलाई आफ्नो काँधमा लिई केशब र लीलाको पुर्नमिलन गराउनले एउटा सामन्तको जीवनमा परिवर्तन ल्याउने नन्दे साहू प्रतिनिधि पात्र ठहरिन्छ । लक्ष्य नाटकको सार्थकता यहिँ झल्किन्छ ।
नारायण प्रसाद शर्मा फुयाल
