• ट्रेण्डिङ्ग :
श्रेष्ठद्वारा लिखित ‘निर्मल तलाउमा तरंग’ नामक कविता संग्रह विमोचन

श्रेष्ठद्वारा लिखित ‘निर्मल तलाउमा तरंग’ नामक कविता संग्रह विमोचन


  • 13.7K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 21.1K Views

    श्रेष्ठद्वारा लिखित ‘निर्मल तलाउमा तरंग’ नामक कविता संग्रह विमोचन

    काठमाडौं, ४ बैशाख । शशी भट्टराई श्रेष्ठद्वारा लिखित ‘निर्मल तलाउमा तरंग’ नामक कविता संग्रह विमोचन गरिएको छ। आलोक नगर समुदायले एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रह विमोचन गरेको हो। 

    images

    अजम्बरी पब्लिकेशनले बजारमा ल्याएको कविता संग्रहमा ३५ वटा कविताहरु संग्रहित छन्। ३५ वटा एकै प्रकारका कविता नभएर समय सान्दर्भिक रहेका छन्। कोरोना महामारीको बेला भोगेका पीडा, समस्याहरुलाई समेटेर लेखिएका ४ वटा कविताहरु संग्रहित गरिएको कवि भट्टराई श्रेष्ठले जानकारी दिइन्। 

    उनले सबै आमाहरु प्रति समर्पित ४ वटा कविता उक्त संग्रहमा सामेल गरेको पनि बताइन्। ममताकी खानी आमाहरु सम्झिएपछि आफ्नै छोरीलाई संग्रहको भूमिका लेख्न लगाएकी छन्। अग्रज साहित्यकारहरुबाट भूमिका लेखाउने चलन छ । जुनियर त्यो पनि छोरीबाट किन भूमिका लेखाउनु भयो भन्ने तेस्रोआँखाको प्रश्नमा उनले भनिन्, ‘भूमिका जसले नजिकबाट चिन्दछ उसैले लेख्दा वास्तविक लेखिन्छ भन्ने लाग्छ। एक पटक किताब पढेको आधारमा लेखिने भूमिका र सधैं सँगै भएको मान्छेले लेख्ने भूमिकामा फरक हुन्छ। मैले कसरी समय व्यवस्थापन गरे, कसरी कविता लेखेँ, कति पुस्तकहरु पढेँ कसरी पढेँ भन्ने बारेमा जानेकी छिन्, त्यसैले उनले लेख्ने भूमिकामा वास्तविकता आउने लागेर उनलाई नै लेख भनेकी हुँ।’ नेपाली साहित्य इतिहासमा आमाकाे किताबमा छोरीको भूमिका यो पहिलो  हाे। 

    कविता संग्रहमा देशको परिस्थिति, परिवेश र नेताहरुको व्यवाहारले दिक्क भएका जनताहरुको आवाज समेटिएका कविताहरु पनि रहेका छन्। यस्तै, कृतिमा सबै अझै ‘पृय मेलम्ची तिमी आउ’ शिर्षकको कविता धेरैले मन पराएका छन्। भट्टराईले अमेरिकामा दाजुको देवासान भएपछि सम्झनामा लेखेको ‘सम्सरा’ कवितालाई पनि कृतिमा संग्रहित गरिएको छ। पहिलो पटक ६ सय १ प्रति पुस्तकहरु बजारमा आएको भट्टराईले बताएकी छन्। 

     

    278191493_1575126506190354_6106846319456571858_n.jpg

    278494689_1575126616190343_3673214558116957245_n.jpg

     


    तेस्रो आँखा