• ट्रेण्डिङ्ग :
महानगर भागबण्डा : कांग्रेसलाई तीन, माओवादी,एस र जसपालाई एक एक 

महानगर भागबण्डा : कांग्रेसलाई तीन, माओवादी,एस र जसपालाई एक एक 


  • 6.7K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    महानगर भागबण्डा :  कांग्रेसलाई तीन, माओवादी,एस र जसपालाई एक एक 

    काठमाडौं,६ वैशाख। सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

    images

    त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

    नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप