• ट्रेण्डिङ्ग :
गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने


  • 6.7K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

    काठमाडौं, ८ वैशाख।  सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

    images

    बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । ‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म आमसभा गर्ने भन्ने भएको छ’, माओवादी नेता देव गुरुङले भने, ‘सबै प्रदेशको राजधानीहरुमा आमसभा गर्ने निर्णय भएको छ ।’

    जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप