काठमाडाैं,८ बैशाख। स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार ११ गते मनोनयन दर्ता गर्नुपर्ने भएपनि अहिले सम्म दलहरुले उम्मेदवारको टुंगो लगाउन सकेका छनैनन् । दलहरुले अवको ३ दिन भित्र उम्मेवदार छनोट गर्नु पर्ने बाध्यता छ । यसका लागि नेपाली आ आफ्नो दलले नेतानहरुको नाम धमाधम प्रदेश कार्यसमतिमा सिफरिस गररहेको छ । कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस गरेको छ ।
काठमाडौं जिल्ला समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम वागमती प्रदेश समितिमा सिफारिस गरेको हो । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको नेपाली कांग्रेस काठमाडौंले जनाएको छ ।शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर २५ का वडाध्यक्ष हुन् । सिंह पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् भने हरिप्रभा खड्गी काठमाडौं महानगरपालिकाका उपप्रमुख हुन् । बैद्य नगर समितिका सचिव हुन् भने रञ्जित नगर समितिको सभापतिमा पराजित भएका थिए ।
सत्तारुढ पाँचदलीय गठबन्धनले गरेको सहमतिअनुसार काठमाडौंको मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा गरेको छ । तर कांग्रेसको नगर समितिले भने उपमेयरका लागि सुशीला ढकाल र प्रा. डा. अमिता प्रधान शाक्यको नाम पनि सिफारिस गरेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस गरेको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए । जोशी जिल्ला समितिका अध्यक्ष र मगर वरिष्ठ उपाध्यक्ष हुन् । श्रेष्ठका अनुसार महागरपालिकाको वडाहरुमा समेत उम्मेदवार टुंगो लगाउने काम भइरहेको छ ।
त्यैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौंको मेयरको उम्मेदवार कलाकार मदनदास श्रेष्ठलाई बनाउने भएको छ । पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । यद्यपि उनको नाम टुंगो लागिसकेको भने छैन । उनीसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा पनि छलफल भइरहेको राप्रपाका एक पदाधिकारीले बताए ।
अधिकारीले मानेमा उनलाई नै उम्मेदवार बनाउने राप्रपाको चाहना छ । तर उनले धेरै रुची नदेखाएको राप्रपाका एक पदाधिकारीले बताए । ललितपुर महानगरपालिकामा भने राप्रपाबाट अष्ट महर्जन र हसिना शाक्य दाबेदार रहेका छन् र महर्जन राप्रपाको ललितपुर जिल्ला अध्यक्ष हुन् भने शाक्य ०७४ सालमा माओवादी केन्द्रबाट ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार थिइन् ।
पोखरा महानगरपालिकामा भने विश्व हिन्दू महासंघका उपाध्यक्ष शंकर खराल मेयरको उम्मेदवार बन्ने निश्चित भइसकेको राप्रपाले जनाएको छ । मेयरको उम्मेदवारका लागि विभिन्न व्यक्तिको विषयमा छलफल भइरहेको र शुक्रबारसम्मा टुंगोमा पुग्ने राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । राप्रपाले काठमाडौंसहितका महानगरपालिकामा भने तालमेल नगर्ने उनले बताए । एमालेको तर्फबाट मेयरमा पुराना नेता केशव स्थापीत र वर्तमान मेयर विद्यासुन्दर शाक्यको नाम चर्चामा छ ।
