• ट्रेण्डिङ्ग :
 सभापतिबाट राजिनामा दिएका साहले जनकपुरधाम उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिने 

 सभापतिबाट राजिनामा दिएका साहले जनकपुरधाम उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिने 


  • 5.9K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

     सभापतिबाट राजिनामा दिएका  साहले जनकपुरधाम उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिने 

    काठमाडाैं,९ वैशाख । नेपाली कांग्रेस जनकपुर नगर समितिका सभापति मनोज साहले पार्टीबाट राजीनामा दिएका छन् ।आज पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । वैशाख ३० गते हुने निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाको मेयर पदमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने पनि साहले  बताए । 

    images

    ‘सत्ता गठबन्धन दलको निर्णयप्रति हाम्रो असहमति छ । उपमहानगरपालिकाका २५ वटै वडासमितिका पदाधिकारी, कांग्रेस नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुको सल्लाहअनुसार पार्टीबाट राजीनामा गरेको छु । असली कांग्रेस हामी हौं । कांग्रेसीहरु मलाई नै मतदान गर्छन् भने विश्वास छ,’ उनले भने ।

    मनोज साहसँगै जनकपुरधाम उपमहानगर पालिका १५ रामपुरका वडासभापति नन्दलाल साहसहित सिंगै कार्यसमिति, वडाका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा शुभेक्षुक संघ संस्थासँग आबद्धहरुले पदबाट लिखित राजीनामा दिएका छन् । २५ वटै वडाका कांग्रेस नेता कार्यकर्ताहरुले राजीनामा दिने मनस्थितिमा छन् ।

    बुधबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जनता समाजवादीको भागमा परेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप