• ट्रेण्डिङ्ग :
कांग्रेसका शीर्ष नेताको बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन

कांग्रेसका शीर्ष नेताको बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन


  • 5.4K
    SHARES
    • बैशाख १०, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    कांग्रेसका शीर्ष नेताको बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन

    काठमाडाैं,१० वैशाख । शुक्रबार साँझ बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । मध्यरातसम्म बसेको बैठकमा नेताहरूले आ आफ्नो पक्षका सिफारिस नाममा अडान लिएपछि उम्मेदवारको टुंगो लगाउन सकस परेको हो  । काठमाडौंको मेयरका सिर्जना सिंहको नाम टुंगिएकाले शुक्रबारको बैठकमा खास चर्चा नभएको सहभागी एक नेताले बताए ।विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो ।

    images

    कोइरालाको पक्षमा नेता डा शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको  बैठकमा सहभागी एक नेताले बताए । ‘शेखरले नागेश नै उठाउने अड्डी लिनुभयो । कृष्ण सिटौलाले भीम आचार्यको पक्षमा अडान लिनुभएको छ’ ती नेताले भने,’सभापति देउवा पक्षका कुनै नेताले डिला संग्रौलालाई कुनैले अमृत अर्यालको नाम लिनुभएको छ ।’ विराटनगरको मेयरमा चार जनाको नाममा बढी छलफल भएको थियो ।

    भरतपुरको उपमेयरका करिब सहमति जुटेको छ । दीर्घमान श्रेष्ठको नाममा सहमति निकट पुगेका सहभागी नेताले बताए । एक नेताका अनुसार मन्त्री उमेश श्रेष्ठले दीर्घमानलाई भरतपुरको मेयर बनाउन सक्रियता देखाएका छन् । पोखराको उपमेयरका नेताहरू बीच सहमति जुट्न सकेन भने ललितपुरका विषयमा छलफल प्रवेश नै गरेन । शुक्रबार दुई चरणमा शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । वर्तमान र पूर्वपदाधिकारीको बैठकमा नेता शेखर कोइरालालाई पनि आमन्त्रण गरिएको थियो ।

    शीर्ष तहका नेतामा सहमति जुटेपछि कार्यसम्पादन समितिले ति नाम अनुमोदन गर्ने तयारी गरिएको थियो । शीर्ष नेतामा सहमति नभएपछि शनिबार कार्यसम्पादनको बैठकमा उम्मेदवार टुंगाउन छलफल हुनेछ । कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ ।

    सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार महानगरमा कांग्रेसको भागमा मेयर र उपमेयरका तीनरतीन उम्मेदवार परेका छन् ।कांग्रेसको विधान अनुसासर महानगरको प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । संसदीय समिति नै गठन नगरि उम्मेदवार टुंगाउने कसरतमा नेताहरू छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप