म मेलामै थिएँ। शशी दिदीको फोन आयो । मलाई तिम्रो ठेगाना दिनु पर्यो भाइ । मेराे मनको 'निर्मल तलाउमा तरङ्ग' उत्पन्न भयाे। दिदीले ठेगाना सोध्नु भएपछि मलाई किन भनेर प्रश्न गर्ने आँट पनि आएन । न त सिधै यो ठाउँ भन्न सकेँ। त्यै पनि मैले ठेगाना बताउँनु कर्तव्य थियाे र बताएँ। केही समयपछि अर्को फोन आउँछ म सिन्धिया श्रेष्ठ। मम्मीले हजुरलाई उपहार पठाउनु भएको छ। अफिसको बाहिर पुग्दा मैले किताब पाएँ। दिदीको 'निर्मल तलाउमा तरंङ्ग’।
किताब पाउने वित्तिकै पढ्ने बानी छ। यसो किताबमा आखाँ डुलाएँ। भूमिका नै सिन्धिया श्रेष्ठले लेख्नु भएको रहेछ। आमाको किताबमा छोरीको भूमिका ! म थोरै आश्चार्य चकित भएँ। अहिलेसम्म पढेका किताबमा अग्रजलाई भूमिका लेख्ने जिम्मेवारी दिइएको पाइन्थ्यो। अझ भनौं किताबको राम्रो विक्रिका लागि राम्रो साहित्यकारलाई यसो केही दिएर भए पनि भूमिका लेखाएको सुन्नमा पनि आउँछ । तर, यहाँ आफू भन्दा जुनियर ! सायद आमाको किताबमा छोरीकाे भूमिका यो पहिलो होला। अरु कहीँ भए जानकारी पाम म पनि पढौंला।
भूमिकाको बारेमा के कुरा गरौं। जसले नजिकबाट चिनेको हुन्छ। उसले लेखेको भूमिकाको मर्म नै बेग्लै हुँदो हरेछ। घरमा आमा, बुहारी, श्रीमती साथी बन्दा-बन्दा पनि बचेको समयलाई सदुपयोग गरेर कविता लेख्नु, कवितामा पनि उत्कृष्ट लेख्नु आफैमा ठूलो कुरा हो। यस्ता सुइना जो कसैका पुरा हुँदैनन्। यहाँ आमा छोरीकै सुइना पुरा भएको देख्दा पाठकको मन पनि भक्कानिन्छ।
यि विषयहरुमा धेरै लेख्नु पर्छ जस्तो लाग्दैन। पंतिकारभन्दा पनि विद्यत व्यक्तित्वहरुले यसका बारेमा बर्णन गरेको सुनिन्छ। साहित्य अनुरागी जो कसैका लागि पनि प्रेरणा छ भूमिकामा। पुस्तकका बारेमा लेख्दा त्यसको रुपरंगका बारेमा पनि थाेरै लेख्न मन लाग्याे। तलाउँमै पुस्तकको नाम छ। पहाड र हिमालको प्रतिबिम्ब र तरंगहरुले तलाउँ हेर्न लायक छ। तलाउको किनारा पारी भित्तामा शशी भट्टराई श्रेष्ठ भनेर लेखकको नाम राखिएको छ। किताबको पछाडिको कबरमा लेखकको तस्बिर, इमेल र सुइना कविताका केही अंशहरु राखिएको छ। अजम्बरीले आफ्नो परिचय पनि थोरै राखेको छ भने आइएसविएन नम्बर र मूल्य सँगै छन्।
शशी भट्टराई श्रेष्ठको निर्मल तलाउमा तरङ्ग कविता संग्रहमा ३५ वटा कविताहरु समावेश गरिएको छ। आमा कविताबाट सुरु भएको संग्रह पढ्दै जाँदा बजैमा पुगेर टुङ्गिन्छ। कविताहरुमा आक्रोश छन्। माया छ। अपेक्षा छ। शशीको मसीले सार्थकता पाएको छ। हुन त बिम्बहरुको प्रयोग बिनाका कविताहरु त्यति राम्रा नहोलान्। तर, बिम्बका कारण कविता सामान्य मान्छेले बुझ्न पनि सकिदैन। भनिन्छ कविता पढ्ने र बुझ्ने सर्कल फरक नै हुन्छ। पंतिकार सायद नबुझ्ने सर्कलमा परेको हो कि भन्ने पनि लाग्छ। तर, कविले मेलम्चीलाई काठमाडौं बोलाएको कविता पढ्दा साच्चिकै भावुक बनायो। हुन त अहिले मेलम्चीको् पानी काठमाडौं पुगेको छ । तर, कविको यो कविता मेलम्ची काठमाडौं नपुग्नु पहिलाको हो। काठमाडौं बस्नेलाई थाहा छ पानीले कति व्याकुल बनाउँछ भन्ने।
‘हिजो आज मेरो देशमा’ कवितामा नेपालका राजनीतिक दलहरुको दोहोरो चरित्र कोट्याइएको छ। फेरि पनि कोरोनालाई आउन अनुरोध गरिएको छ। पंतिकारले कोरोना नेपालमा भए दोहोरो चरित्र सडकमा छरपस्ट हुने थिएन भन्ने कविलाई लागेको हुनु पर्न भन्ने सोच्दछ। त्यतिमात्र होइन नेपालमा विभिन्न शक्तिकेन्द्रहरुले कसरी नेपाली रानीतिलाई आफ्नो बसमा पारेका छन् भन्ने पनि पंतिकारलाई लाग्यो। हुन त कविलाई कुन सन्दर्भमा लेखेकी हुँ भन्ने लाग्न सक्छ। कविले सुइना कविता पनि दोस्रो कविताको रुपमा पस्किनु भएको छ। मैले काठमाडौंमा बस्ने मान्छेले सुइना भन्ने शब्दावली प्रयोग गरेको देखेर केही बेर अवाक् भएँ।
पंतिकार पो सुइना देख्ने ठाउँको मान्छे त ? दिदी त सपना देख्ने ठाउँकी मान्छे कसरी सुइना देख्न थाल्नु भए छ। हुन त एउटा कविले आफ्नो देशको भाषा, संस्कार, संस्कृति, रहनसहन लगायतका विषयमा जानकारी राख्नु र कलम चलाउनु अझै उत्कृष्टकाम हो। पंतिकारलाई लागेको त के पनि छ भने सुइना शिर्षकमा पंतिहरुमा केही पश्चिमेली भाषाहरुका शब्दावली प्रयोग गरेको भए अझै सुनमा सुगन्ध हुने थियो।
संग्रहमा नारी र पुरुष, भ्रम, त्यो एक रात अहो!, मेलम्ची, त्यो भर्जिन कविता पंतिकारलाई अझै मिठा लागे। सम्सरा पनि निक्कै भावुक कविता छ। आफन्तको वियोगमा लेखिएको उक्त कविताले कतकता मन असान्त पार्छ। आमाका लागि संग्रहमा दुई वटा कविताहरु समेटिएका छ। आमाको बारेमा लेखिएका कविताहरुको व्याख्या गर्न सकिन्छ भन्ने पंतिकारलाई लाग्दैन। हुन त पंतिकारले कुनै पनि कविताको व्याख्या गर्ने सामर्थ राख्दैन तर पनि भाइको नाताले दिदीको किताब हातमा पर्दा केही मनमा लागेका कुराहरु नलेखी बस्न सकेन्, यो थोरै प्रयास गरेको हुँ।
