• ट्रेण्डिङ्ग :
 प्रदेश नम्बर १ का अधिकांश स्थानीय तहमा गठबन्धन दलबीच सहमति जुट्न सकेन

 प्रदेश नम्बर १ का अधिकांश स्थानीय तहमा गठबन्धन दलबीच सहमति जुट्न सकेन


  • 6.9K
    SHARES
    • बैशाख १०, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.7K Views

     प्रदेश नम्बर १ का अधिकांश स्थानीय तहमा गठबन्धन दलबीच सहमति जुट्न सकेन

    काठमाडाैं,१० वैशाख । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने एक दिन बाँकी रहदा सम्म  प्रदेश नम्बर १ का अधिकांश स्थानीय तहमा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन् ।  दलहरूले दाबी गरेका स्नथानीय तहमा अडानबाट पछि नहटेपछि  केही  स्थानीय तहमा तालमेलको सहमति भए पनि अधिकांश स्थानीय तहमा सहमति हुन सकेको छैन । यसले गठबन्धन भित्र एक्ला एक्लै चुनावमा जाने र मित्रवत प्रतिष्पर्धा हुने देखिन्छ ।   

    images

    केहि स्थानीय तहमा वडा सम्म गठबन्धन भएपिन धेरैजसोमा हुन सकेको छैन् । पार्टि केन्द्रले स्थानीय तहको अवस्था र आवश्यकता अनुसार गठबन्धन गर्ने गर्न सकिने भन्ने निर्णय गरेकाले पनि सिंलग भिड्न दलहरू तयार भएका बताइएको छ । गठबन्धन दलका नेताहरूका अनुसार कुल १४ जिल्ला रहेको प्रदेश १ अन्तर्गत १३७ स्थानीय तह मध्ये हिमाली र पहाडी जिल्लाहरू ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धनबिच भागबण्डा टुंगिएको छ । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बुमा आजसम्म टुङ्ग्याउने गरी संवाद भइरहेको गठबन्धन दलका नेताहरूले बताएका छन् ।

    ८ स्थानीय तह भएको ओखलढुंगामा कांग्रेस सात पालिका प्रमुख र ५ उप प्रमुख लिएर माओवादीलाई १ पालिका प्रमुख र ३ उप प्रमुख दिएर गठबन्धन  गर्ने सहमति भएको छ भने नेकपा एस र जसपा गठबनधनमा अटेको छैन् ।  नेताहरुका अनुसार ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली कांग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ ।

    यसै गरी भोजपुरमा पनि गठबन्धन दलहरूबिच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुई वटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । जसअनुसार कांग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ । यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरूबिच सहमति भएको छ । सहमति अनुसार ३ वटामा कांग्रेस, ३ वटामा माओवादी तथा चार दलबिच सहमति हुन नसकेका ४ वटा पालिकामा कांग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ ।

    यस्तै कांग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ कांग्रेस, एमाले र अन्य गठबन्धन दलबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । केन्द्रबाटै पाँच दलको गठबन्धन गर्ने निर्णय अनुसार इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा भागबण्डा टुंगिन लागेको नेताहरूको दाबी छ।

    यसबाहेक प्रदेश १ का अन्य ६ जिल्लामा गठबन्धन हुने सम्भावना कमजोर देखिएको छ । बढी मतदाता रहेका तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी, त्यसै गरी सोलुखुम्बु, संखुवासभा र उदयपुरमा पाँच दलीय गठबन्धन हुने सम्भावना कम रहेको नेताहरूले नै बताएका छन् । पाँच दलीय गठबन्धन भित्रका दलहरूले यी जिल्लाका स्थानीय तहहरूमा तालमेलको सम्भावना न्यून भएपछि ती जिल्लामा दलहरूले आन्तरिक रूपमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु गरेका छन् ।

    गठबन्धन भित्रका दलहरूसँग सहमतिका लागि अधिकतम प्रयास भए पनि सार्थक परिणाम आउन नसकेपछि नेपाली कांग्रेस प्रदेश र्काय समिति सदस्य कुमार लुइटेलले बताए । गठबन्धनमा आवद्ध दलहरुले आफ्नो जनमत र संगठनको अवस्था अनुसार सहमति जनाएर गठबन्धनमा कुरा मिल्ने नत्र गठबन्धन भित्रैका दलहरुबीच पनि मित्रवत प्रतिष्पर्धा हुने सम्भावना बढेको लुइटेलले बताए  ।  केन्द्रले एक मात्र विराटनगर महानगर, दुई उपमहानगर इटहरी र धरान मा भने तालमेल गरेर जाने निर्णय गरिसकेको छ । जस अनुसार विराटनगर महानगर र इटहरी काँग्रेस धरान माओवादी केन्द्रको भागमा परेको छ ।

    १४ जिल्ला रहेको प्रदेश १ मा कुल १ सय ३७ स्थानीय तह रहेको छन् । जसमा एक महानगर दुई उपमहानगर ४५ नगरपालिका ८९ गाउँपालिका रहेकामा १ हजार ५७ वडा रहेका छन् ।आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ बाट मेयर उपमेयरसहित कुल ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन । प्रदेश १ मा कुल ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् । गठबन्धनबीचको यो खिचडीले उनीहरुलाई नै हानी गर्ने देखिन्छ । 


    तेस्रो आँखा
    लेखकबाट थप