काठमाडाैं,१० वैशाख । स्थानीय तहको निर्वाचनकालागि सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि केन्द्रीय समन्वय समितिको बैठक बस्दै छ । महानगर पालिका र उपमहानगरपालिकाको सिट बाँडफाँड केन्द्रबाट गर्ने र नगरपालिका गाउँपालिकाको प्रदेश तथा जिल्लातहबाट टुंगो लगाउने निर्णय भएपनि कार्यन्वायनमा समस्या आएपछि साँझ शीर्ष नेताबीच बालुवाटारमा छलफल हुरु भएको हो ।
केन्द्रले महानगर र उपमहानगरपालिकाको तालमेल टुंगो लगाए पनि जिल्ला जिल्लामा समस्या आएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गर्नु परेको नेताहरुले बताएका छन् । नेकपा एसले केन्द्रबाट पालिका भागबण्डा लगाउन दबाब दिइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको छलफल हुन लागेको हो ।
छलफलमा जानुपर्ने भएकाले नेकपा एसको सचिवालय बैठक रोकेर अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन् ।धेरैजसो जिल्लामा गठबन्धन नै हुन नसकेको तथा भएका ठाउँमा पनि कांग्रेस र माओवादीमात्र मिलेपछि नेपालले असन्तुष्टी जनाएका छन् । गठबन्धनमा सहभागि साना दलहरुले पार्टीको सांगठनिक हैसियत माथि भागबण्डा खोजेपछि धेरै स्थानीय तहमा गठबन्धन हुन सकेको छैन् ।
