• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन
एमालेले महानगर/उपमहानगरपालिकामा तयार गरेका उम्मेदवारहरू यी हुन (सूचि सहित)

एमालेले महानगर/उपमहानगरपालिकामा तयार गरेका उम्मेदवारहरू यी हुन (सूचि सहित)


  • 6.5K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    एमालेले महानगर/उपमहानगरपालिकामा तयार गरेका उम्मेदवारहरू यी हुन (सूचि सहित)

    काठमाडाैं,११ वैशाख । स्थानीय तहको निर्वाचनको मनोनयन गर्ने आज ११ र भोली १२ गते  निर्वाचन आयोगको कार्यतालिका  रहेको छ । तर गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने भएपछि उम्मेदवार अझौ टुंगो नलागिहरकेको अवस्थामा नेकपा एमालेले भने प्राय सबै स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ ।

    images

    नेकपा एमालेको सचिवालय बैठकले महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो पार्टीको उम्मेदवारहरु चयन गरेको छ। केही ठाउँको भने बाँकी छन्। काठमाडौं महानगरपालिकाको प्रमुखमा एमालेले केशव स्थापितलाई अघि सारेको छ। उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ। डंगोल स्वतन्त्र हैसियतले मेयरमा उम्मेदवार दिने तयारीमा थिइन्। एमालेले महानगर/उपमहानगरपालिकामा तयार गरेका उम्मेदवारहरूकाे सूचि यस्ताे छ :

    महानगरपालिका
    काठमाडौः
    प्रमुख - केशव स्थापित
    उपप्रमुख -सुनिता डंगोल

    ललितपुरः
    प्रमुख - हरिकृष्ण व्यञ्जनकार
    उपप्रमुख -मञ्जली शाक्य बज्राचार्य

    भरतपुरः
    प्रमुख -विजय सुवेदी
    उपप्रमुख -बाँकी

    पोखराः
    प्रमुख- दीपक पौडेल
    उपप्रमुख - मञ्जुदेवी गुरुङ

    वीरगंजः
    प्रमुख -विजय सराबगी
    उपप्रमुख -बाँकी (तालमेल हुने सम्भावना)

    विराटनगरः
    प्रमुख - बाँकी
    उपप्रमुख -बाँकी

    उपमहानगरपालिकाहरुः
    इटहरीः
    प्रमुख -यमकुमार सुब्बा
    उपप्रमुख -संगिता चौधरी

    धरानः
    प्रमुख- मञ्जु भण्डारी
    उपप्रमुख-पदम लिम्बु

    जनकपुरः
    प्रमुख- बाँकी
    उपप्रमुख -बाँकी

    कलैयाः
    प्रमुख -विनोद साह
    उपप्रमुख - बाँकी

    जितपुर सिमराः
    प्रमुख -बाँकी
    उपप्रमुख -बाँकी

    हेटौंडाः
    प्रमुख -अनन्त पौडेल
    उपप्रमुख -सुमित्रा काफ्ले

    बुटवलः
    प्रमुख -बाबुराम भट्टराई
    उपप्रमुख -सावित्रादेवी अर्याल

    तुलसीपुरः
    प्रमुख( टीकाराम खड्का
    उपप्रमुख( स्यानी चौधरी

    घोराहीः
    प्रमुख -नरुलाल चौधरी
    उपप्रमुख -हुमाकुमारी डिसी

    नेपालगंजः
    प्रमुख -पशुपति दयाल मिश्र
    उपप्रमुख - शान्तिदेवी ढकाल

    धनगढीः
    प्रमुख -रणबहादुर चन्द
    उपप्रमुख -कन्दकला राना थारु


    तेस्रो आँखा
    लेखकबाट थप