• ट्रेण्डिङ्ग :
उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ

उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ


  • 6.7K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ

    काठमाडाैं,१२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने बताइएको छ । केन्द्रमा पाँच दलीय गठबन्धन जबरजस्त कायम राख्ने प्रयास भए पनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ ।

    images

    गठबन्धनको हिजो बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो । निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने दिन आइसक्दा पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो र आज उम्मेदवारको मनोनयनको कार्यसूची छ ।

    हिजो नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराए । तर सत्तागठबन्धन र एमालेमा उम्मेदवारबारे अझै लफडा छ ।एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन ।


    तेस्रो आँखा
    लेखकबाट थप