• ट्रेण्डिङ्ग :
डोल्पाका दुई स्थानीय तहमा एकीकृत समाजवादीकाे एकल उम्मेदवारी

डोल्पाका दुई स्थानीय तहमा एकीकृत समाजवादीकाे एकल उम्मेदवारी


  • 7.4K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    डोल्पाका दुई स्थानीय तहमा एकीकृत समाजवादीकाे  एकल  उम्मेदवारी

    काठमाडाैं,१२ वैशाख । डोल्पाका दुई स्थानीय तहमा एकीकृत समाजवादीबाट सर्वसहमत अध्यक्ष निर्वाचित भएका छन् । छार्काताङ्सोङ  र  काइके गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् ।

    images

    डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार काइके गाउँपालिकाका अरु जनप्रतिनिधिम पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ ।

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको केन्द्रीय सदस्य बुढाले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप