• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन
देशभरी ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराए (विवरण सहित)

देशभरी ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराए (विवरण सहित)


  • 6.8K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    देशभरी  ८२ हजार २१० जनाले  उम्मेदवारी दर्ता गराए  (विवरण सहित)

    काठमाडाैं,१३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ८१ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राती साढे ८ बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् । सबैभन्दा धेरै मधेश प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेश १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    images

    जसमा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै ४ सय ६० गाउँपालिकाको अध्यक्षका लागि २ हजार ४९७ र उपाध्यक्षका लागि एक हजार ७२६ जनाले मनोनयन दर्ता गराएका छन् ।

    ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा अध्यक्षका लागि २० हजार १७६ जना, ६ हजार ७४३ वटै महिला वडा सदस्यका लागि १३ हजार ५५४ जना, ६ हजार ७४३ वटै दलित महिला सदस्यका लागि १२ हजार १८१ र प्रत्येक वडामा दुइ वडा सदस्यका दरले ६ हजार ७४३ वडामा १३ हजार ४८६ वडा सदस्यका लागि २८ हजार २२८ जनले मनोनयन दर्ता गराएका छन् ।

    उम्मेदवारकाे विवरण :

    1-ज्ञ.jpg

    4-8.jpg3-12.jpg2-16.jpg


    तेस्रो आँखा
    लेखकबाट थप