• ट्रेण्डिङ्ग :
७५३ स्थानीय तहमा १ लाख ३६ हजार २६९ उम्मेदवार मनाेनयन

७५३ स्थानीय तहमा १ लाख ३६ हजार २६९ उम्मेदवार मनाेनयन


  • 8.2K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    ७५३ स्थानीय तहमा  १ लाख ३६ हजार २६९ उम्मेदवार मनाेनयन


    काठमाडाैं,१३ वैशाख । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । 

    images

     विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या १ लाख ३६ हजार २६९ रहेको निर्वाचन आयोग नेपालले जनाएको छ  । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

    कुन पदमा कति उम्मेदवार 

    मेयरः ३ हजार २६१

    अध्यक्षः ३ हजार २५४

    उपमेयरः २ हजार ३

    उपाध्यक्षः २ हजार २९२

    वडाध्यक्षः ३२ हजार ५९

    महिला सदस्यः २३ हजार ३ सय ७५

    दलित महिला सदस्यः २१ हजार ११५

    सदस्यः ४८ हजार ९१०

    आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

    १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप