• ट्रेण्डिङ्ग :
बागलुङमा एक हजार १२६ जनाको उम्मेदवारी दर्ता

बागलुङमा एक हजार १२६ जनाको उम्मेदवारी दर्ता


  • 7.6K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    बागलुङमा एक हजार १२६ जनाको उम्मेदवारी दर्ता

    काठमाडौं, १३ वैशाख । बागलुङको दश स्थानीय तहमा विभिन्न पदमा एक हजार १२६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । चार नगरपालिका, ६ गाउँपालिका र ८५ वडाका विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । 

    images

    चार नगरपालिकामा प्रमुखका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । छ गाउँपालिकामा अध्यक्षमा २५ तथा उपाध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ८५ वडामा वडाध्यक्षमा २६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि १७५, दलित महिला सदस्यका लागि १६९ र सदस्यमा ४०९ जनाले उम्मेदवारी दर्ता गराएको न्यौपानेले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप