काठामडाैं,१४ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् । स्वतन्त्रबाट प्रमुख पदमा एक हजार तीन सय ७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगले तयार गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तै अन्यबाट प्रमुख पदमा एक हजार दुई सय ९१, अध्यक्षमा एक हजार दुई सय ३५, उपप्रमुखमा एक हजार २१, उपाध्यक्षमा नौ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट पाँच हजार ८१ जनाले उपप्रमुख उपाध्यक्षका लागि मनोनयन दर्ता गरेका छन् ।
मंगलबार रातिसम्मको तथ्यांकअनुसार सात सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि एक लाख ५० हजार चार सय ९४ जनाको उम्मेदवारी परेको छ । ६ हजार सात सय ४३ वडा अध्यक्ष सहित ३५ हजार दुई सय २१ पदका लागि स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो ।
