• ट्रेण्डिङ्ग :
बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो


  • 8.2K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

    काठमाडौं, १४ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ ।

    images

    भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भई वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ । आज सुदूरपश्चिम प्रदेशका कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ ।

    बैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म एक करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप