• ट्रेण्डिङ्ग :
बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन सभापति देउवाकाे आग्रह (अपिलसहित)

बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन सभापति देउवाकाे आग्रह (अपिलसहित)


  • 8.8K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन  सभापति देउवाकाे आग्रह (अपिलसहित)

    काठमाडाैं,१५ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको सहमति विपरीत बागी उम्मेदवारी दिएका उम्मेदवारहरुलाई  उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।  आज एक अपिल सार्वजनिक गर्दै सभापति देउवाले भोलि साँझ ५ बजेसम्म मनोनयन फिर्ता लिन आग्रह गरेका हुन् । 

    images

    लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक र परिवर्तकारी शक्तिहरूबीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनु पर्ने यथार्थतालाई आत्मसात गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र सम्मृद्धिका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस जसपा र राष्ट्रिय जनमोर्चाका चुनावी तालमेल गरिएको उनले अपिलमा उल्लेख गरेका छन् ।

    ‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ सभापति देउवाले अपिलमा लेखेका छन्, ‘तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवार’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

    apill-1.jpgapil2.jpg

     


    तेस्रो आँखा
    लेखकबाट थप