• ट्रेण्डिङ्ग :
चन्द्र भण्डारीको गाउँपालिकामा कांग्रेसकै बागी उम्मेदवार 

चन्द्र भण्डारीको गाउँपालिकामा कांग्रेसकै बागी उम्मेदवार 


  • 21.4K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 32.9K Views

    चन्द्र भण्डारीको गाउँपालिकामा कांग्रेसकै बागी उम्मेदवार 

    काठमाडाैं,१५ वैशाख । गुल्मीको छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार परेको छ । पार्टीका पुराना नेता शमशेरबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  नेता चन्द्र भण्डारीको गाउँपालिकामा बागी उम्मेदवार बनेपछि पार्टीभित्र खैलाबैला मच्चीएको छ ।

    images

    कांग्रेस नेता शमशेरबहादुर कार्कीले पार्टी नेतृत्वले सहि निर्णय नगर्दा गाउँपालिकामा आफ्नै उम्मेदवार विरुद्ध उठ्नु परेको बताए । पार्टीभित्र मुख्य नेतृत्वले समान दृष्टिकोणबाट नहेरिएको, दुख गरेका कार्यकर्ता पछिपारिएको र नयाँ मान्छेहरुलाई काखी च्यापेर केन्द्रीय तहका नेताहरुबाटै गल्ती गरेका कारण यो निर्णयमा पुगेको उनले बताए  । पार्टीकै कार्यकर्ताले विद्रोह गर्दा पनि केन्द्रीय नेता चन्द्र भण्डारीले समेत मिलाउन नलागेको स्थानीय कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।

     यस गाउँपालिकामा नेपाली कांग्रेसले अनन्तराम पौडेललाइ आधिकारिक उम्मेदवार बनाएको छ । स्थानिय निर्वाचन २०७९ मा कुनै पनि राजनीतिक दलले जनपृय ,विकासप्रेमी ,स्वाभाविक र उपयुक्त उम्मेदबार प्रस्तावित नगरेकोले सम्पूर्ण गाउँ पालिका वासिको चाहाना, मनोभावना र आकांक्षाको सम्मान गर्दै मैले वतन्त्र उम्मेदवारी दिएको उनले फेबुक स्टाटस लेखेका छन् ।  

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप