काठमाडाैं,१५ वैशाख । सत्तारुढ गठबन्धनको बैठकले गठबन्धनलाइ बलियो बनाउन छलफल गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुकाे बैठकले आधिकारिक उम्मेदवार विरुद्ध परेको वागी उम्मेदवारहरु फिर्ता गर्ने निर्णय गरेका छन् ।
बैठकमा गठबनधनले केन्द्रबाट भएको सहमति अनुसार ६ महानगर र ११ उप महानगरपालिकाका प्रमुख/उपप्रमुख पदमा भएको सहमति बिपरित गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी तत्काल फिर्ता गर्ने निर्णय गरेको छ ।
साथै पाँच दलीय गठबन्धन दलहरुभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने, गठबनधन बाहिरको तालमेल खारेज नगरे सम्बन्धीत दलले तत्काल काबाहि गर्ने समेत निर्णय गरेको छ ।

