काठमाडाैं,१७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । निर्वाचन आयोगले ७ सय ५३ स्थानीय तहमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन । तर करिव चार हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकाे र ठ्याक्कै विवरण तयार गर्दै गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
आयोगका अनुसार शुक्रबार साँझसम्म १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन् । ‘यसमा अझै केही संख्या थपिन सक्छ,’निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने,‘हुम्लाको एक पालिकामा इन्टरनेटको समस्या भएकोले तथ्यांक अपडेट हुन बाँकी छ । अन्य पालिकामा पनि सच्याउँदा थपघट भइरहेको छ ।’
