• ट्रेण्डिङ्ग :
केशव स्थापितको उम्मेदवारी रद्द गर्न मागसहित ४५ संघसंस्थाकाे संयुक्त विज्ञप्ति (विवरणसहित)

केशव स्थापितको उम्मेदवारी रद्द गर्न मागसहित ४५ संघसंस्थाकाे संयुक्त विज्ञप्ति (विवरणसहित)


  • 14.1K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 21.8K Views

    केशव स्थापितको उम्मेदवारी रद्द गर्न मागसहित ४५  संघसंस्थाकाे संयुक्त  विज्ञप्ति (विवरणसहित)

    काठमाडाैं,१७ वैशाख । काठमाडौं महानगर पालिकाका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् । एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

    images

    ‘‘‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघसंस्थाको ठहर छ । केशव स्थापितलाई ‘मी टू’ आरोप लागेको छ । तर, स्थापितले भने आरोपबार उत्तेजक प्रतिक्रिया दिदै आएका छन् ।

    सोही विषयमा प्रश्न गर्दा एक सार्वजनिक कार्यक्रममै प्रश्नकर्तालाई उनले अपमानजक शब्द प्रयोग गर्दै जंगिएका थिए । उनको अभिव्यक्तिको एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत बचाउ गरेका थिए ।

    press-statement-2.pngpress-statement-1.pngpress-statement-3-4-2.pngpress-statement-3-4-1.png


    तेस्रो आँखा
    लेखकबाट थप