• ट्रेण्डिङ्ग :
पुस्तक समीक्षा
निर्मल तलाउमा तरंग

निर्मल तलाउमा तरंग


  • 15.0K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 23.1K Views

    निर्मल तलाउमा तरंग

     

    images

    शशी भट्टराई श्रेष्ठ विषेशतः समिक्षक/समालोचकको रुपमा नेपाली सहित्य बजारमा निकै चर्चा बटुलेकी लेखिका हुन्। समीक्षा गर्ने क्रममा उनले, कविता, मुक्तक , निबन्ध, नियात्रा, यात्रा संस्मरण, कथा, उपन्यास विविध विधाका बिषयमा कलम चलाएकी छिन्। उमेरको तल्लो खुड्किलो उक्लँदै गर्दा नै उनले नेपाली साहित्य जगतका विविध विधासित माया गाँसेकी छन्, अझ भनु रसस्वादन गरेकी छन्।

    मनको भाव विशाल नभको प्राङ्गणमा डुल्दै गर्दा, दिलको संवेदना गहिरो सागरमा डुबुल्की मार्दै गर्दा, दिमागका रेशाहरु खुम्चने फैलनेक्रममा बगेको तरंग कोसेली बनेर आएको छ शशीको “निर्मल तलाउमा तरङ्ग“ कविता संग्रह।

    जब मानिस आफुले बिताएका हिउँद वर्षा र सरद बसन्तका अनुपम अनुभव संगालेर मनको बगैचामा विचरण गराउँछ, त्यहाँ सृजना प्रस्फुरण हुन पुग्दछ। यही मेहेरोमा शशी खिरिलो कुचिले बान्किलो सृजना क्यानभासमा पोतेर पाठकसामु यस सृजनालाई पहिलो कविता संग्रहका रुपमा प्रस्तुत गर्न पुग्छिन। हुन त उनका फुटकर दर्जनौ कविता प्रकाशित भैसकेका छन, यस अघिनै । तिनै फुटकर कविताको संकलित रुप हो यो उनको कविता संग्रह । यसलाई नै उनको पहिलो पुस्तकारको रुपमा प्रकाशित कृति हो भनेर मान्नु पर्छ।

    मजाको कुरा त यो छ कि आमाको कविता संग्रहमा छोरीको भूमिका लेखन कार्य, मेरो मन मस्तिष्कमा यो नै पहिलो हो भन्ने लागेको छ। चार्टर एकाण्टेन्टको बिद्यार्थीले साहित्य समिक्षा वा भूमिकामा आफ्नो धारणा यति सहज ढंगले प्रस्तुत गर्न सक्नु आमा र मामाहरुको गुण सर्लक्क सरेको भन्ठान्छु मैले । जेठो मामा डा.तुलसी प्रसाद भट्टराई नेपाली सहित्यको सुपरिचित नाम हो, साथै जेठी माइजू सुधा भट्टराईको संस्मरण – यात्राले लेखकीय स्तरलाई प्रष्ट पारेको छ ।

    साईलो मामा प्रा.डा .गोविन्दराज भट्टराई मुग्लान उपन्यासबाट सुरु भएर कविता, निवन्द, समालोचना, आत्मकथा, उपन्यास र संस्मरण लगायत दर्जनौ, पुस्तकका स्रष्टा, विख्यात नेपाली अंग्रेजी बिषय विज्ञ तथा समालोचक, मेरा गुरु नेपालको मात्र होइन विश्व साहित्य कै एक महारथी मानिनुहुन्छ ।

    त्यस्तै साईली माइजू प्रा. डा.अञ्जना वस्ती भट्टराईले, जीवनका घुम्ती र देउराली (यात्रा संस्मरण) स्मृतिलोकको यात्रा (आत्मकथा) लगायतका कृति दिएर नेपाली साहित्य भण्डारमा आफ्नो योगदान दर्ज गर्नुभएकोछ। त्यस्तै अरु मामाहरु पनि साहित्यमा राम्रो दख्खल राख्ने परिवारकी भाञ्जी सिन्धियाको भुमिका लेखन उनै विद्वान मामली अंश बनेर सुलुुुलुलुल बगेको देखिन्छ र कवयत्री शशी भट्टराई श्रेष्ठको कवित्वलाई नजिकबाट छिचलेर सिन्धियाले भूमिका लेखेकको बोध हुन्छ।

    ३५ वटा कविता, भिन्नै अर्थ र सार लिएर जीवन भोगाईका भिन्दाभिन्दै स्वाद र सृंखला बोकेर नेपाली साहित्य जगतमा यो कृति एक प्रकारले भन्ने हो भने थप नारी हस्ताक्षर पनि हो भन्न मन लाग्छ।

    यस कविता संग्रहको पहिलो कविता ‘आमा’ मा

    प्रकृति र मानव बिचको सम्बन्ध केलाउने काम भएको देखिन्छ। आमा यसलोकबाट परलोक भएर पनि सपनाको माध्यमले छोरी आमाको काखलाई आफ्नो स्वर्ग ठान्छिन भने प्रकृति बगैँचा उहीँ रुपमा यथार्थ ओकली रहेको हुन्छ।

    "सरुभक्तकी आदिमाता भनौ कि ध्रुवचन्द्रकी लाली,
    सुन्दरताले धपक्कै बलेकी उहाँ भन्दै हुनुहुन्थ्यो,
    यो जुनी म मेरै लागि बाच्नेछु एक्लै"

    जीवनका कहरपुर्ण क्षण पनि सन्ततीलाई सुम्पने आमा आज सपनामा आफ्नैलागि बाँचेको सन्देशले लियोटाल्स्टायलको कथा ‘मानिस कसरी जिउँछन्’ स्मरण हुन पुग्दछ।

    त्यस्तै उनको अन्तिम कविता बज्यै
    “अन्तिम श्वासमा पनि,
    राम,राम, राम भन्दै मेरी बज्यै
    नफर्कने गरि गइन !!
    देउताहरु उसैगरी मेरी बज्यैलाई हेरिरहे
    एकथोपा आँशु नझारी
    जसरी पहिले हेर्थे“

    पदार्थ र चेतना बिचको अन्तरलाई यहाँ कार्ल माक्सले आफ्नो द्वन्दात्मक भौतिकवादमा विश्लेषण गरेको तथ्यलाई स्मरण गराउँदछ । (चेतनाले) बज्यै जहिल्यै (जड) देवतालाई आरधना गर्थिन, आफ्नो सर्वस्व ठान्थिन। बज्यैले मृतु वरण गरेर चेतना बिहिन भईन, देवता(जड) संवेदनहिन रहे। यो धेरै नबोलेरै पनि गहिरो कुरा वोधहुन्छ मलाई ।

    २६ औ कविता "आफ्नै मृतुमा रोएकी म"

    मानिस भौतिक जगतका भोगाईहरुमा रम्छ नै। अझ भनु भौतिकवादमा अर्काे जुनिको कल्पना हुन्न। जो जुन जीव जगतमा छ, त्यही नै उस्को अन्त्य मानिन्छ। त्यहाँ नै उ बिचरण गर्दछ। कयौ काम सम्पादित भएका , हुने वा अधुरै रहेका प्रतिको मोह जाग्रित भएर आउँदा मृतुको भयले मानिस आँतिन्छ। सर्जक आफ्ना विविध जिम्मेवारी छोड्नु पर्लाको शंसयले मृतु कल्पेर पिडित हुन पुग्द छिन। हुन त अध्यात्मवाद भित्र पनि आदर्शको कुरा भन्नू एउटा हो, अन्यथा अपवाद बाहेक प्राणी जगतमा जुनसुकै नामको जिवहोस, उ मृतु वर्ण गर्न अनिच्छुक नै रहन्छ । बाँच्ने लालसाले उस्लाई मृतुशैया सम्म पच्छ्याई रहन्छ। मृतुको भय कति गरुङ्गो हुन्छ, यहाँ कविले आत्मसात गरेको बोध हुन्छ।

     हिजो आज मेरो देशमा
    कविताले यथार्थ बोल्यो भने पाठकले आफैलाई पात्र ठान्छ। यस कवितामा
    आमा भित्र आऊ...
    जुमा बस्ने सम्पुर्ण भद्र जनवारहरुको
    ठुलो जुलुस आउँदै छ
    छिट्टो भित्र आऊ
    कोरोना कहर र मानविय असंवेदना बिच सृजित कविताले मानिसलाई “जु“ का जनवारसित तुलना गरेर तिखो ब्यङ्ग्य प्रहार गरेको छ।

    "मन" कविताले उस्तै सुन्दर भाव बोकेको पाउँछु

    यो मन यथार्थको सिमा मिचेर कहिले बिगतमा रम्न पुग्छ, कहिले आगतको आफ्नो मार्ग छाम्छ, तर पनि फेरि यथार्थको स्पर्शले ब्युझाई दिन्छ।
    अचानक ,
    “शितल बतासले चिसो सिरेटोसँगै
    तिम्रो सुगन्ध लिएर मेरो छेउ आउँछ,
    प्रत्यक्षदर्शी प्रिय समय पनि
    मेरो छेउमा आएर टक्क अडिन्छ।“

    उडेर यो मन जहाँ जता पुगेपनि आँखिर यथार्थमा नओर्ली धर छैन, सपना, कल्पनाको बिस्तारित एवम् फराकिला क्षेत्रहरुले पनि यथार्थको सिमामा बाँधिनै पर्छको सन्देश मन कवितामा प्रवाहा भएको पाईन्छ

    मुलतः शशी भट्टराई श्रेष्ठका कवितहरु ,देखाई, भोगाई र सुनाई मिश्रणका अभिब्यक्ति हुन्। कल्पनासित यथार्थ घोटिएर कविता जन्मिएका छन्। मानव जीवनका दैनन्दिनीहरुमा छरपस्ट छरिएका कथाहरु उनले कवितामा समेटेकिछन्। सबै कविता ,स्तरिय, अनुभुतजन्य र पठनिय छन्। कवि शशी भट्टराई श्रेष्ठलाई अन्य कृति सृजनाको यो भतखरु बनोस भन्ने शुभेच्छ्या अर्पण गर्दछु।


    महेशराज खरेल
    लेखकबाट थप