• ट्रेण्डिङ्ग :
गुल्मीको धुर्कोट गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल

गुल्मीको धुर्कोट गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल


  • 8.4K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    गुल्मीको धुर्कोट गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल

    काठमाडौं, १७ वैशाख । गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् ।

    images

    गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए । घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ । माओवादी केन्द्रका उम्मेदवार पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा कांग्रेसका शिव खत्री निर्वाचित भएका थिए ।

    धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीको तालमेल भएको छ । जस अनुसार अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाधयक्षमा एकीकृत समाजवादीकी कमला सुनार उम्मेदवार छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप