काठमाडौं, १७ वैशाख । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।
भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएका उनलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसले निकै कोसीस गरेको थियो । तर उनले चितवनका कांग्रेसकाे मर्म अनुसार आफूले उम्मेदवारी दिएको र फिर्ता नहुने अडान राख्दै आएका थिए । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् ।
