• ट्रेण्डिङ्ग :
गुमनाम छन काठमाडाैं महानगरपालिका उपप्रमुखका धेरै उम्मेदवारहरू 

गुमनाम छन काठमाडाैं महानगरपालिका उपप्रमुखका धेरै उम्मेदवारहरू 


  • 10.2K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    गुमनाम छन काठमाडाैं महानगरपालिका उपप्रमुखका धेरै उम्मेदवारहरू 

    काठमाडाैं,२० वैशाख । काठमाडौं महानगरपालिकाको उपमेयरमा ३० जना उम्मेदवार हरेका छन् । जसमध्ये ११ जना राजनीतिक दलबाट र १९ जना स्वतन्त्र हुन् । स्वतन्त्र उम्मेदवार र पार्टीका धेरैजसो उम्मेदवारको समेत चर्चा छैन ।

    images

    एमालेकी सुनिता डंगोल, गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ र विवेकशील साझाकी किर्ति तुलाधरसँगै दलबाट नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठ, आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जरा क्षेत्री, नेपाली कांग्रेस (बिपी)का इन्दिरा अधिकारी र मौलिक जरोकिलो पार्टीबाट कल्पना ओझा चुनावी मैदानमा छन् । उनीहरु मध्य डंगोल र श्रेष्ठको प्रतिष्पर्धा हुने देखिनछ । 

    त्यस्तै, नेपाल सुशासन पार्टीकी पुष्पा खरेल, नेपाली जनता दलकी बन्दना बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैंया र सचेत नेपाली पाटीबाट संगीता आचार्य पनि दलबाट उपमेयरको प्रतिस्पर्धामा छन् । कर संकलन, बजेट निर्माण र स्थानीय सरकारको न्यायिक कामको नेतृत्व उपमेयरले लिनुपर्छ । यस्ता विशेष जिम्मेवारीका कारण पनि उपमेयर पदमा आकर्षण देखिन्छ ।

    स्वतन्त्र उम्मेदवारी दिनेमा अम्बरबहादुर खत्री, आशिष चन्द्र तुलाधर, आशिष महर्जन, उमा गुरुङ, कृष्ण तण्डुकार, जुगल तण्डुकार, नरेन्द्रमान डंगोल, मोहनकृष्ण श्रेष्ठ, रञ्जन डंगोल, रमेशप्रसाद जोशी रहेका छन् । त्यस्तै रवि नापित, राजेन्द्र खड्गी, राजेश शाही, रङ्कु श्रेष्ठ, विद्या श्रेष्ठ (महर्जन), विश्व विजय श्रेष्ठ, बेञ्जी सिंह महर्जन, सहेम खड्गी र सानु महर्जनले पनि स्वतन्त्र रुपमा उपमेयरमा उम्मेदवारी दिएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप